दर्शकको हिसाब जोड्दै शंकर थापाको ‘क्यालकुलेटर’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १३ जेष्ठ २०७६, सोमबार
Calculator-Shankar Thapa

काठमाडौं । गायक शंकर थापा ‘स्माइल’को स्वर तथा संगीत रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार युट्युबमार्फत्  ‘क्यालकुलेटर’ बोलको गीत सार्वजनिक गीतमा डिपी खनालको शब्द रहेको छ । गीतमा विजयता अधिकारीको पनि स्वर सुन्न सकिन्छ ।
हास्यकलाकार हरिश निरौला ‘कक्रोज’ र सागर लम्साल ‘बले’लाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा भिडियोमा कमलमणि नेपाल ‘खुपीका बाउ’ र साक्षी संग्रौला मधुसुदन पाठक र गम्भिर विष्ट फिचर्ड छ । मधुसुदन पाठक ‘सिते बा’ को प्रस्तुतिमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन , नविन निरौलाको सम्पादन, सुबोल थापाको सहायक निर्देशन र गम्भीर विष्टको निर्देशन र कोरियोग्राफी रहेको छ ।

गायक गायक शंकर थापा ‘स्माइल’को यस अघि पनिु सेल्फी हानौला, फास्ट फास्ट, ट्युसन पढ़ाउछु लगायतका धेरै गीतहरु चर्चित छन ।

 


फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु