
काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नेपाली नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर मंगलबार शुभकामना आदानप्रदानसहित भित्तेपात्रोलाई सार्वजनिक गरिएको थियो ।
उक्त कार्यक्रममा गोकर्णोश्वर नगरपालिकाका नगरप्रमुख दीपक रिसाल, काठमाडौं महानगरपालिका वडा नं २९ का अध्यक्ष कुशकुमार ढकाल, गोकर्णेश्वर नगरपालिका– वडा नं ६ का अध्यक्ष नवराज लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, पल्र्स इङ्लिस एकेडेमीका अध्यक्ष केशव सापकोटा, संस्थाका निवर्तमान अध्यक्ष हरिबल्लभ नेपाल, अध्यक्ष चन्द्रमणि गौतमलगायतले सामूहिक रूपमा भित्ते पात्रो विमोचन गरेका थिए ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम सभापति रहेको उक्त समारोहमा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक रिसालको प्रमुख आतिथ्यतामा रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी रिसालले नेपालको भाषा, संस्कृति, रीतिरिवाज जोगाउनका लागी लोक सञ्चारकर्मीको टिमले प्रशंसनीय भूमिका खेलेको र ०८२ सालमा अझ राम्रो काम गर्नका लागी शुभकामना दिए ।
काठमाडौं महानगरपालिका वडा नं. २९ का अध्यक्ष कुश कुमार ढकालले सञ्चारकर्मीले तरकारीमा देखिएको विषादी आतंक न्यूनीकरणका लागि भूमिका खेल्न आग्रह गरे ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले सञ्चार कर्मबाटै परिचय बन्ने भएकाले समाज परिवर्तनका पक्षमा क्रियाशील हुन शुभकामना दिए ।
गोकर्णेश्वर नगरपालिका– ६ का अध्यक्ष नवराज लामाले सामूहिक काममा जोड दिन सुझाव दिए ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका निवर्तमान अध्यक्ष तथा कल्याणकारी कोषका अध्यक्ष हरिबल्लभ नेपालले कल्याणकारी कोषलाई बढवा दिँदै अघि बढ्ने र सो अभियानमा साथ दिन सम्पूर्ण सरोकारवालाहरुलाई आग्रह गरे ।
संस्थाका अध्यक्ष चन्द्रमणि गौतमले देशभरका लोक सञ्चारकर्मीहरुलाई गोलबन्द गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । संस्थाका सचिव कमल सरगमले सहजीकरण गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष हरि दुलालले स्वागत मन्तव्य दिएका थिए ।