गायक थापालाई नेशनल क्यापिटल अवार्ड

म्यूजिक खबर
प्रकाशित: १५ माघ २०७७, बिहीबार

काठमाडौं । लोकप्रिय गायक सन्तु थापाले माघ ११ गते सम्पन्न भएको नेशनल क्यापिटल अवार्ड २०७७ मा क्रिटिक्स अवार्ड गायकको अवार्ड चुम्न सफल भएका छन् । उनले मौलिक गीत शिरै चढाउँला बोलको सोरठी गीतबाट अवार्ड चुमेका हुन् । अवार्डका जुरीहरुले समिक्षा गरी उनको गीतलाई मौलिक गीत सोरठीबाट क्रिटिक्स गायकको अवार्ड दिएका हुन् ।

क्यापिटल इन्टरटेनमेन्ट र शुभकामना मिडिया सोलुशनको सहकार्यमा भएको उक्त अवार्डमा अवार्ड चुमेपछि उनले आफूलाई गायन क्षेत्रमा झन् चुनौति भएको महसुस गरेको बताए ।
भर्खरै मात्र पञ्चेबाजा ‘लाहुरे दाइलाई’ सार्वजनिक गरेका गायक थापाले मौलिक गीतहरुमा आफ्नो परिचय बनाइसकेका छन् । तीज ब्याटल होस् या लोकदोहोरी गीत उनका स्वरमा रहेका धेरै गीतहरु बजारमा चर्चाको शिखरमा रहेका छन् । गुल्मेली ठिटो, परदेशीको पीडा, हाँसेर बोल, कौडा, सालैजो, तीज, दशैंतिहार लगायतका गीतहरुमा स्वर दिएका उनी दोहोरी गायनमा अब्बल मानिन्छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु