• गायिका चाँदनी शाक्यको पप गीत ‘तिमीलाई’

    म्यूजिक खबर
    प्रकाशित: १७ मंसिर २०८०, आईतवार
    Chadani Shakya

    काठमाडौं । गायिका चाँदनी शाक्यको पप गीत ‘तिमीलाई’ सार्वजनिक भएको छ । एक्सनोटको शब्द, संगीत र एरेन्ज रहेको गीत ‘तिमीलाई’मा गायिका चाँदनी शाक्यले स्वर दिएकी हुन् । रेवल इभेन्टस आइएनसीको ब्यानरमा निर्माण भएको अडियो भिडियोलाई ओएसआर डिजिटलमार्फत् सार्वजनिक गरिएको हो ।
    ‘तिमीलाई’गीतको भिडियोमा अकेशा विस्ट र लक्की खड्काको अभिनय रहेको छ । बीर बहादुर लामिछानेको छायाँकन रहेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका छन् भने रुविन शर्माले निर्देशन गरेका छन् । भिडियोको सम्पूर्ण छायाँकन अमेरिकाको न्यूयोर्कमा भएको हो ।

    नेपालगञ्जमा जन्मिएकी चाँदनी शाक्यले काठमाडौंलाई कर्मथलो बनाउँदै सांगीतिक यात्रामा होमिएकी हुन् । एक दशकदेखि संगीतमा लागेकी उनले २०२२ मा आकाशमा बोलको गीतबाट अवार्डसमेत हात पारिसकेकी छन् । जीवन्त नेपाल म्यूजिक अवार्डमा उत्कृष्ट गायिकाको अवार्ड पाएकी उनले नयाँ गीत तिमीलाई लिएर आएकी हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु