
काठमाडौँ – चलचित्र विकास बोर्ड नेपालले “स्टोरी बैंक” स्थापना गरी यसको संचालन तथा व्यावस्थापन गर्नका लागि ‘स्टोरी बैक कार्यविधि-२०७७’ को एक मस्यौदालाई पूर्णता दिएकोछ। कार्यविधिलाई बोर्डका सदस्य–सचिव महेन्द्र बहादुर साँखिज्युको संयोजकत्वमा चलचित्र जगतका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी गठन गरिएको ११ सदस्यीय समितिले मस्यौदा गरेको थियो। उक्त समितिमा सह–संयोजक नवल खड्का, सदस्यहरुमा बिकास आचार्य, रवीन्द्र रञ्जन झा, फुलमान वल, दिपेन्द्र के. खनाल, छिरिङ रितार शेर्पा, मीन बहादुर भाम, केकि अधिकारी, तारा कुमार श्रेष्ठ (कानुनी सल्लाहकार) र गिरिश शर्मा (चलचित्र बिकास बोर्ड) हुनु हुन्छ ।
यो मस्यौदा चलचित्र विकास बोर्डका अध्यक्ष श्री दयाराम दाहालज्युको सोच र सक्रिय निर्देशन प्राप्त भएका कारण तुरुन्तै तयार हुन सम्भव भएको हो। यस कार्यविधिमार्फत् स्टोरी बैंकको सञ्चालन र व्यवस्थापनको शुरुवातसँगै नेपाली चलचित्र निर्माण कार्यमा नेपाल सरकारको उत्साहजनक सहयोग र समर्थन हुने विश्वास गरिएको छ।