
काठमाडौं । एक दिनको फरकमा अभिनेत्री तथा चर्चित डान्सर कविता नेपालीले ८ हजारभन्दा अग्ला दुई हिमालको सफल आरोहण गरेकी छन् ।
आइतबार सगरमाथा आरोहण गरेकी कविताले तथा सोमबार अर्को ८ हजार मिटरभन्दा अग्लो ल्होत्से हिमाल पनि आरोहण गरेकी हुन् ।
सफल आरोहण गरेकी कवितालाई यतिबेला बधाई दिनेको ओइरो छ । यहि समयमा उनी आफ्रैंले दुई हिमाल चढ्का तस्बिर सहितको पोष्ट शेयर गरेकी छिन् । उनले एउटा हिमाल आरोहण मात्रै नभई सपना देख्नेहरू, गर्नेहरू र सीमाभन्दा माथि उठ्ने साहस गर्नेहरूका लागि एउटा पाठ बन्न सक्ने बताएकी छिन् । आफ्नो फेसबुकमा प्रोफाइलमा उनले खुशी प्रकट गर्दै तस्बिर सहितको अंग्रेजी भाषामा पोष्ट गरेकी हुन् ।
उनी लेख्छिन् –
नेपालीमा उनको स्टाटसको आसय हुन्छ –
दुई ८००० मिटर अग्लो शिखर – विश्वको सबैभन्दा अग्लो हिमाल माउन्ट एभरेस्ट (८८४८) मिटरे र विश्वको चौथो अग्लो हिमाल माउन्ट ल्होत्से (८५१६) मिटरे दुवै चुचुरा २४ घण्टा भित्र आरोहण गरे। माउन्ट एभरेस्ट शिखर आरोहण समय बिहान ९ः३३, १८ मे २०२५ र माउन्ट ल्होत्से शिखर आरोहण समय बिहान ८ः५७, १९ मे २०२५ मा भएको थियो ।
यो यात्रा केवल शिखर आरोहणको बारेमा थिएन, यो सपना देख्नेहरू, गर्नेहरू र सीमाभन्दा माथि उठ्ने साहस गर्नेहरूका लागि हो।
र सबैभन्दा महत्त्वपूर्ण कुरा मैले यसलाई जितिनँ, म यसको कारणले बढी भएँ। म एक व्यक्तिको रूपमा बढें, मैले सिकें र मैले आफैंका टुक्राहरू फेला पारे जुन मलाई थाहा थिएन कि हराइरहेका छन् ।
आइतबार कवितासहित ९ जना विदेशी एकैसाथ सगरमाथाको चुचुरोमा पुगेका थिए ।
सर्लाहीकी कविता अन्तर्राष्ट्रिय रियालिटी शो ‘बुगी उगी’को नेपाली संस्करणकी विजेता हुन् ।