चलचित्र ‘चमेलीको पोई’ बाट नारायण त्रिपाठीको कमब्याक

म्यूजिक खबर
प्रकाशित: १६ फाल्गुन २०८०, बुधबार
Narayan Tripathi_Chameliko Poi

काठमाडौं । निर्देशक एभरेष्ट सूर्य बोहराको नयाँ फिल्म ‘चमेलीको पोई’ बाट चर्चित हाँस्य कलाकार नारायण त्रिपाठीले ‘कम ब्याक’ गर्ने भएका छन् । बिगत लामो समयदेखि अमेरिका बस्दै आएका त्रिपाठी ‘चमेलीको पोई’ मा अनुबन्धित भएको जानकारी निर्देशक बोहराले दिएका छन् ।

सन् २०२४ मै छायांकन गरी प्रदर्शनमा ल्याउने योजनाका साथ निर्देशक बोहराले शुक्रबार ‘चमेलीको पोई’ घोषणा गरेका हुन् । कमेडी जनराको ‘चमेलीको पोई’ मा अन्य कलाकार को को हुनेछन् भन्ने अहिलेलाई गोप्य राखीएको छ । निर्देशक बोहराले शनिबार आफ्नो फिल्ममा अमेरिका निवासी पुराना चर्चित हाँस्य कलाकार नारायण त्रिपाठीलाई भित्र्याएको जानकारी दिएका छन् ।

एक समय ‘प्रेमचरो’ को उपनामले चर्चित हाँस्य कलाकार त्रिपाठी र निर्देशक बोहराको दोस्ती निकै पुरानो हो । आफूले पहिला त्रिपाठीलाई बिभिन्न नाटक,टेलिफिल्म हुदै फिचर फिल्म ‘अग्नी परिक्षा’ मा समेत अभिनय गराएको स्मरण गर्दै ‘चमेलीको पोई’ मार्फत उनको ‘कमब्याक’ गराउन पाउदा खुशी लागेको निर्देशक बोहराले बताएका छन् ।

हाँस्य प्रदान सामाजीक बिषयको फिल्ममा त्रिपाठी एक प्रमुख भूमिकामा रहने छन् । अमेरिकामा पनि बिभिन्न सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो हाँस्य प्रस्तुतिलाई निरन्रतरता दिइरहेका त्रिपाठी सामाजीक कार्यहरुमा पनि उत्तिकै सक्रिय छन् । त्रिपाठीले अभिनय गरेको थुप्रै टेलिफिल्म तथा फिल्म अहिले पनि दर्शकको मनमस्तिष्कमा ताजै छ । यसअघि ‘अग्नी परिक्षा’,‘कान्छा’,‘मुटु’,‘ठूली’,‘भैरे’,‘श्री’ र ‘हेलो जिन्दगी’ फिल्म निर्देशन गरिसकेका बोहरा ‘चमेलीको पोई’ ले नेपाली समाजको एउटा वास्तवीक पाटोलाई उजागर गर्दै भरपुर मनोरञ्जन र समाजोपयोगी सन्देश समेत प्रवाह गर्ने दावी गर्छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु