संगीतकार एवं संगीत प्रशिक्षक चण्डिले ल्याए ‘शिव ताण्डव’

म्यूजिक खबर
प्रकाशित: १६ फाल्गुन २०७५, बिहीबार

काठमाडौं । संगीतकार एवं संगीत प्रशिक्षक चण्डि प्रसाद काफ्लेले ‘शिव ताण्डव’ भजन लिएर आएका छन् । भजनमा स्वर तथा संगीत चण्डिको नै रहेको छ भने किरण कँडेलको एरेन्ज रहेको छ ।
भिडियोमा शिव ताण्डव नृत्यमा मोडल सुबिना श्रेष्ठले नृत्य गरेकी छिन् । केदार धितालले भिडियो निर्देशन गरेका हुन् । भिडियोलाई श्री संगीत पाठशालाले बजारमा ल्याएको हो ।
गायक तथा संगीतकार काफ्ले नेपालका थुप्रै नाम चलेका गायक गायिकाहरुका संगीत प्रशिक्षक हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु