चन्द्रकला शाहलाई यज्ञ बहादुर बुढाथोकी स्मृति पुरस्कार !

म्यूजिक खबर
प्रकाशित: १० असार २०७५, आईतवार

१० असार, काठमाडौं । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङद्वारा प्रत्येक वर्ष प्रदान गरिने गरि स्थापना गरिएको यज्ञ बहादुर बुढाथोकी स्मृति पुरस्कार वरिष्ठ गायिका एवम् साहित्यकार चन्द्रकला शाहलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

जिल्ला शाखा अध्यक्ष कमलमणि देवकोटाको संयोजकत्वमा प्रकाश के.सी. र छविलाल कोपिला सहितको पुरस्कार छनौट समितिको हिजो बसेको बैठकको निर्णयले यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार- २०७४ चन्द्रकला शाहलाई पुरस्कारको लागि छनौट गरिएको छ ।

पुरस्कार संस्थापक मनोज बुढाथोकीले आफ्ना पिता यज्ञ बहादुर बुढाथोकीको स्मृतिमा अक्षयकोष स्थापना गरि दाङको साहित्य, सङ्गीत, कला, संस्कृतिमा योगदान पुर्‍याएका स्रष्टाहरूलाई पुरस्कृत गर्ने उद्देश्य रहेकोे छ । अघिल्लो वर्षदेखि प्रदान गरिएको पहिलो पुरस्कार लोकप्रिय युवा सङ्गीतकार सन्तोष श्रेष्ठलाई प्रदान गरिएको थियो । आगामी असार ३० गते शाखाको वार्षिक कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु