
काठमाडौं । ‘चेतन कार्की स्मृति समाज’ ले वरिष्ठ चलचित्र निर्देशक, संस्कृतिविद् एवं गीतकार चेतन कार्कीको पाँचौ स्मृति दिवस मनाएको छ । चेतन कार्की स्मृति समाजकी अध्यक्ष वरिष्ठ नायिका मिथिला शर्माको सभाध्यक्षता तथा बरिष्ठ साहित्यकार उषा शेरचनको प्रमुख आतिथ्यतामा चेतन कार्कीको योगदानको चर्चा गर्दै दिवस मनाइएको हो।
आइतबार ललितपुरमा आयोजित कार्यक्रममा संरक्षक गंगा कार्की, सर्जकहरु राधेश्याम लेकाली,सुवाशचन्द्र ढुङ्गेल,दिव्य गिरी,दिवाकर खड्का, डा. किरण प्रधान, खगराज बराल,पारश कार्की, पंकज कार्की, रामबहादुर कार्की, जितेन्द्र स्यङ्तन,भक्तबहादुर पण्डित लगायतले लगायतले स्व. कार्कीको स्मरण गर्दै योगदानबारे मन्तव्य राखेका थिए।
कार्यक्रममा स्व. कार्कीका अमर गीतहरूलाई गायिका गीता पाण्डे र रितु कडेलले आ–आफ्नो सुमधुर स्वर मार्फत प्रस्तुत गर्दा माहोल निकै भावुक र यादगार बनेको थियो।
कार्यक्रमको संचालन ‘चेतन कार्की स्मृति समाज’का महासचिव कवि मुरारी सिग्देलले गरेका थिए ।