गीतकार चेतन कार्की अस्पताल भर्ना

म्यूजिक खबर
प्रकाशित: १ जेष्ठ २०७८, शनिबार
Chetan Karki

काठमाडौं । कवि, गीतकार, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्की अस्पताल भर्ना भएका छन् । ८४ वर्षीय कार्कीलाई छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको हो ।
गत १६ गते देहरादूनबाट काठमाडौं आएका उनलाई ज्वरो आए पछि अस्पताल भर्ना गरिएको कलाकार मोहन निरौलाले बताए ।​ गत आईतबार अस्पताल भर्ना गरिएको उनको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु