‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ५ आश्विन २०७६, आईतवार

काठमाडौं । यही असोज २४ गतेदेखि देशभरका सिनेमाघरमा आउने लागेको चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरमा राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावलाई देखाउन खोजिएको छ । दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, रामकाजी घिमिरे, विष्णु सापकोटालगायतका कलाकारहरुको अभिनय छ ।

रोहित अधिकारीले निर्माण गरेको यो चलचित्रका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे रहेका हुन् भने चलचित्रमा निर्देशक लामाकै कथा र दीपकराज गिरीको पटकथा रहेको छ । निर्देशक लामालाई दीपाश्री निरौलाले निर्देशनमा सघाएकी छन् । चलचित्रमा हरि हुमागाइँको छायाँकन र विपिन मल्लको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु