• ‘दोस्रो जीवन्त नेपाल म्युजिक अवार्ड’: छक्का पञ्जा–४ को गीत ‘दर्शन सलाम’ले गर्यो ह्याट्रिक

    म्यूजिक खबर
    प्रकाशित: २५ पुष २०८०, बुधबार

    काठमाडौं । चलचित्र छक्का पञ्जा ४ को दर्शन सलाम गीतले ‘दोस्रो जीवन्त नेपाल म्युजिक अवार्ड’ मा तीन विधामा अवार्ड हात पार्दै ह्याट्रिक गरेको छ । यहि गीतबाट गायक डेभिड शंकर ‘सर्वोत्कृष्ट प्लेब्याक सिंगर’, दिपक शर्मा ‘सर्वोत्कृष्ट चलचित्र सङ्गीतकार’ र राजेन्द्र थापा ‘सर्वोत्कृष्ट चलचित्र गीतकार’ बिधाको अवार्ड चुम्न सफल भएका हुन् । गीतकार थापाले एउटै गीतबाट ह्याट्रिक गरेपछि आफ्ना शुभचिन्तकसँग सामाजिक सञ्जालमार्फत यो खुशी साटेका थिए ।
    चलचित्र गायिकाको अवार्ड भने बाबरी चलचित्रको गीत ‘बाबरी रंग’बाट अस्मिता अधिकारीले पाइन् । यस्तै पब्लिक च्वाइस अवार्ड चलचित्र प्रसाद २ को मारसी धान गीतबाट राजनराज शिवाकोटीले चुमे भने पब्लिक च्वाइस अवार्ड गायक विधाबाट चलचित्र नाई नभन्नु ल ६ को ‘तिम्रो आँखामा’ गीतबाट प्रताप दासले पाए ।

    रामेछापका शैलुङ डाँडाको पर्यटन पर्वद्र्धनको लागि तयारी विविध तयारी गरिरहेको अग्लेश्वरी हिल्स कोषद्धारा आयोजित ‘दोश्रो जीवन्त नेपाल म्युजिक अवार्ड समारोहमा उत्कृष्ट ‘राष्ट्रिय गीत गायक’को अवार्ड माटोको मायाबाट नीमा शेर्पाले पाए भने ‘पर्यटन प्रवद्र्धन गीतको अवाड’ सुन्दर रामेछापबाट गायक प्रकाश कटुवालले पाए । यसैगरि ‘पर्यटन गीतकार’को अवार्ड खाँडादेवी माई–२ गीतबाट कल्याणरत्न कार्कीले हासिल गरे ।
    यस्तै आधुनिक गीत तर्फ सर्वोत्कृष्ट आधुनिक गीतकारको अवार्ड दुर सागर गीतबाट डब्बु क्षत्री पाए भने गीतकारकै डायस्पोरा अवार्ड मैले प्रेम गरिकी हुँबाट राज मुकारुङले, जूरी अवार्ड सचिता कर्माचार्यले, उत्कृष्ट संगीतकारको अवार्ड मेरो दिलको राजाबाट पदम रोकायाले चुमे । गायकको अवार्ड राम साइलीबाट नरेश बीबीसीले, जूरी अवार्ड बाँचिएलाबाट विशाल थापाले, पपुलर गीतको अवार्ड सुनकोशीबाट सबु थापामगरले, गायिकाको अवार्ड आधा दुःखबाट सुनिता कार्कीले पाउन सफल भए । जुरी अवार्ड जिन्दगीका गोरटोबाट कुसुम बराल, नयाँ गायकको अवार्ड सुनको दरबारबाट बालाराम परियारलाई प्रदान गरियो ।

    यस्तै आधुनिक गीत भिडियो तर्फ महिला मोडलको अवार्ड तिमी मेरोबाट जिसु कोइरालाले, जुरी अवार्ड सम्झनाबाट अनिता गिरीले, पुरुष मोडेलको अवार्ड भ्रष्टचारी भेनाबाट ईश्वर बल्लभ उप्रेतीले, पुरुष नयाँ मोडलको अवार्ड सुनकोशीबाट सुनिल न्यौपानेले, महिला नयाँ मोडेलको अवार्ड जिन्दगीका गोरेटोबाट रेश्मा श्रेष्ठले, सिनेमेटोग्राफरको अवार्ड मायाले नै होबाट रुपेश थापाले, भिडियो सम्पादकको अवार्ड कठैबाट पदम सुवेदीले, भिडियो निर्देशकको अवार्ड सपना वनेरबाट सत्यराज चौलागाईंले र भिडियो निर्देशकको पब्लिक च्वाइस अवार्ड सुन कोशीबाट दिलीप समनले हासिल गरे ।

    म्युजिक भिडियो पपगीत तर्फ भने उत्कृष्ट महिला मोडलको अवार्ड कास्तो होलाबाट अस्मिता तामाङले, नव पुरुष मोडलको अवार्ड शुभकामनाबाट रमेश विश्वकर्माले, गायिकाको अवार्ड, पप गीततर्फ उत्कृष्ट गायकको अवार्ड तिमि धुनबाट चेतन राईले, जूरी अवार्ड तिम्रो यादमाबाट प्रशान्त मिष्टले, पपगीत गायिकाको अवार्ड मजा बेग्लै छबाट रिज्योना कार्कीले, डायस्पोरा अवार्ड मैले प्रेम गीतबाट मञ्जु लामाले र जुरी अवार्ड तिमीलाई गीतबाट चाँदनी शाक्यले, पप गीत गीतकारको अवार्ड आमाबाट किरण माइकल घिमिरेले, संगीत संयोजकको अवार्ड छुनुमुनु २बाट आमोस तामाङले प्राप्त गरे ।

    यस्तै बाल कलाकार तर्फ उत्कृष्ट मोडलको अवार्ड मायाको आशबाट सफल पौडेलले, जुरी अवार्ड छुनुमुनु २ बाट जविस श्रेष्ठ ÷जविन श्रेष्ठले, पब्लिक च्वाइस अवार्ड चाँहिदैन तिम्रोबाट आयुषी ढकालले, कोरियोग्राफरको अवार्ड सातै सुरबाट कृष्ण रसालले, कोरियोग्राफर जुरी अवार्ड कालीकालीबाट विकास नेपालीले हाँसिल गरे । यस्तै गीत मिक्सिङ र मास्टरिङको अवार्ड जरुरी कुराबाट किशोर थापाले, उत्कृष्ट गजल गायकको अवार्ड मौसम खराबबाट गुणराज श्रेष्ठले, गजलमै जुरी अवार्ड माया गरेझैंबाट डीबी खड्काले, देउडा गायिकाको अवार्ड उधारो खाईदियोबाट शोभा थापाले हासिल गरे ।

    लोक तथा लोकदोहोरी तर्फ गीतकारको अवार्ड ठमेल आसनबाट नेत्र अर्यालले, संगीतकारको अवार्ड डाँडा घरे सांईलीबाट श्रीकृष्ण बम मल्लले, संगीत संयोजकको अवार्ड मेरो सानुबाट नरेन्द्र वियोगीले, उत्कृष्ट लोकदोहोरी गायकको अवार्ड ठमेल असनबाट खेम सेन्चुरीले, जुरी अवार्ड मुसौरीबाट सरोज लामिछानेले, उत्कृष्ट गायिकाको अवार्ड फुलफुल्यो अमलाबाट पार्वती कार्कीले, नव गायिकाको अवार्ड बिउ खायोबाट कविता खत्रीले, नव गायिका जुरी अवार्ड रातो सल्कोबाट सावित्रा भुजेलले, लोकदोहोरी नव गायकको अवार्ड तियारै ायोबाट नकुल गौतमले प्राप्त गरे ।

    यस्तै लोकदोहोरी तर्फ नै म्युजिक भिडियो महिला मोडलको अवार्ड सोल्टी बजारबाट रजनी गुरुङले, जुरी अवार्ड च्यात्यो रुमालबाट अनिता बस्नेतले, पुरुष मोडलको अवार्ड मनको चाहनाबाट सागर लम्सालले, महिला नवमोडलको अवार्ड नौलो चिनजानीबाट शशिकला राईले, नव पुरुष मोडलको अवार्ड कतिराम्रो रामेछापबाट नबिन गौतमले हाँसिल गरे । यस्तै लोकदोहोरी तर्फ नै भिडियो सम्पादकको अवार्ड सिमसिम पानीबाट मिलन विश्वकर्माले, छायाँकारको अवार्ड पातली मोरीबाट राम कृष्ण कँडेलले भिडियो निर्देशकको अवार्ड ढुकुरको गुँडबाट खमेश श्रेष्ठले, कल्चरल गीत गायिकाको अवार्ड गेतेंगा टेंगाबाट कल्पना सुनुवारले र उत्कृष्ट कल्चरल गीत भिडियो निर्देशकको अवार्ड दमौलीका चाईना पुलबाट उमेश गुरुङले चुम्न सफल भए ।
    कार्यक्रममा विभिन्न सञ्चारकर्मी, समाजसेवी, कलाकार, उधमी, व्यबसायी लगायतलाई सम्मानित गरिएको थियो । अवार्डको निर्णायकमा लोकप्रिय गायक सिडी बिजय अधिकारी, संगीतकार शंकर थापा ‘स्माईल’, मोडल रुविना अधिकारीलगायत थिए । कार्यक्रममा मोडल अदिती श्रेष्ठ, गायकहरु डेभिड शंकर, प्रताप दास, नेपाल मगर सांस्कृतिक संघका कलाकार र लुगुम चेलिबेटी आमा समुहको प्रस्तुति रहेको थियो ।
    ४५ विधामा अवार्ड प्रदान गरिएको उक्त समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री शुसिला सिर्पाली ठकुरी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम् अग्रज संगीतकार शम्भुजीत बासकोटासहितल कलाकारलाई सम्मान तथा अवार्ड प्रदान गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु