• काजलले किन भनिन् छत्रलाई –‘किन चाहियो पोई’ ?

    म्यूजिक खबर
    प्रकाशित: १६ भाद्र २०८०, शनिबार

    काठमाडौं । चर्चित गायक छत्र शाही र काजल जोशी वास्तविक जीवनका दम्पत्ती हुन् । उनीहरुको गायन जति लोकप्रिय छ, उति नै यो जोडीले माया पाउन सफल भएको छ । दर्शक श्रोताको असाध्यै माया पाउँदा पाउँदै पनि गायिका जोशीले भने छत्रलाई नै किन चाहियो पोई भनेकी छिन् । छत्रले भने आफू काजलकै पोइ बन्नका लागि अभिसाय प्रकट गरिरहेका छन् ।
    यो प्रसंग वास्तविक जीवनको भने होइन । वास्तविक जीवनमा यस्तो हुँदा पनि नहोस् र हुने पनि छैन । प्रंसग तीज गीत ‘किन चाहियो पोइ’ को हो ।
    विदेशबाट ल्याएको गिफ्ट, (कता राख्यौ ओई) भन 2
    गाजल लाउदै येत्ति राम्री, (झुम्का लाको खोई)2 भन
    संगै हिड्ने कजिन भंछेउ, (हाम्लाई कोइ न कोई)2 सुन
    यहि पाराले कहिलै पनि , (नहुने भएँ पोइ)2 म ता
    (म ता रोउं कि हासौ कुनामा , ये माया
    अलिकति यो मनको नि कुरा सुनन)

    गायक छत्रले गाएको गीतको पहिलो अन्तरा यहि हो ।

    जवाफ दिंदै गायिका काजलले गीतमा भनेकी छिन् –

    सुन हिरै ल्याए झैँ गर्छौ, (कस्तो तिमि ओई भन)2
    दशैँ तिहार तीजको समान,(के ल्यायौ त खोइ?)2 भन
    साँचो माया गर्ने पनि, (आउलान कोइ न कोई)2 सुन
    बसूँला म माइतै बरु, (किन चाहियो पोइ)2 मलाइ
    (म ता रोउं कि हासौ कुनामा , ये माया
    अलिकति यो मनको नि कुरा सुनन

    काजल र छत्रको स्वर रहेको गीतमा शब्द र लय अग्नी पराजुलीको रहेको छ । अलंकार स्टुडियोमा रेकर्ड गीतको संगीत संयोजक बिशाल निरौला हुन् ।

    भिडियोमा बिना राउत, सरोज राना, चंखे लामा भाइले अनिनय गरेका छन् । छत्र शाही र काजल जोशीलाई समेत भिडियोमा देख्न सकिन्छ । देब दोर्जे लामाले निर्देशन गरेका हुन् । भिडियोको छायांकन तथा सम्पादन समेत देब स्वयं देब दोर्जेले नै गरेका हुन् ।
    गीतलाई एपी म्यूजिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु