• भव्य समारोहमा सङ्गीतकर्मीहरुलाई छिन्नलता गीत पुरस्कार तथा सम्मान

    म्यूजिक खबर
    प्रकाशित: २७ असार २०७९, सोमबार

    काठमाडौं । लामो समयदेखि गीत, सङ्गीत क्षेत्रमा लागेका १३ प्रतिभालाई छिन्नलता गीत पुरस्कार गुठीले हिजो ४० औं छिन्नलता गीत पुरस्कारबाट सम्मान तथा पुरस्कृत गरिएको छ ।

    १९८० सालमा जन्मिएकी छिन्नलता उपनामबाट गीत रचना गर्ने रमोलादेवीको २०५७ मा देहावशान भएको थियो । उनकै पहलमा २०३९ सालमा गुठी स्थापना गरीएको हो ।

    गुठीको आम्दानीले हरेक वर्षगीति क्षेत्रमा योगदान पु¥याउनेहरुमध्ये सबैभन्दा योग्यव्यक्तिलाई पुरस्कृत गर्ने चलन रहँदै आएको थियो । तर यस पटक छिन्नलता गीत पुरस्कार गुठीले कोभिडका कारण रोकिएका तीन वर्षको पुरस्कार एकैपटक प्रदान गरिएको छ ।

    गुठीको साधारणसभाले वि सं २०७६, २०७७ तथा २०७८ गरी तीन वर्षको एक्कै पटक छिन्नलता गीत पुरस्कार तथा सम्मानहरू घोषणा गरेको थियो ।


    जस अन्तर्गत २०७६ सालमा गीत रचनातर्फ जसयोञ्जन प्यासी, २०७७ सालमा आनन्द अधिकारी, २०७८ सालमा वसन्त चौधरीलाई उक्त पुरस्कार प्रदान गरियो ।

    त्यसरी नै सङ्गीत, गायनतिर हरि लम्साल, सुनिता सुब्बा, अस्मिता अधिकारी, शान्तिराम राई, शम्भू राई, मिलन नेवार, आनन्द राई, पवित्र सुब्बा, एलिना चौहानलाई उक्त पुरस्कार प्रदान गरियो ।

    त्यस्तै २०७९ साल असार २६ गते विशेष समारोहका विच आयोजित कार्यक्रममा वरिष्ठ सङ्गीतकार कर्म योञ्जनलाई विशेष सम्मान अर्पण गरियो ।

    पुरस्कृत संगीतकर्मीहरुलाई जनही ५० हजारसहित सम्मानपत्र र युवा प्रतिभा मिलन, अस्मिता र एलिनालाई जनही रु ३५ हजारसहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

    गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को १००औँ जन्मजयन्तीका अवसरमा छिन्नलता गीत पुरस्कार गुठीद्वारा आयोजित कार्यक्रममा गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको सभापतित्वमा र पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी वली प्रमुख अतिथी रहेका थिए ।

    यसैगरी, छिन्नलता विशेष सम्मानमा सङ्गीतकार कर्म योञ्जनलाई विशेष सम्मान प्रदान गरिएको छ । उक्त सम्मानमा जनही ५० हजार नगद राशि रहेको छ । कार्यक्रमको सन्चालन गीतकार एवं सञ्चारकर्मी नरेश भट्टराईले गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु