
काठमाडौं । छिन्नलता गीत पुरस्कार गुठीले २०८२ सालको छिन्नलता गीत पुरस्कारको घोषणा गरेको छ । गुठीले २०८२ सालको विशेष सम्मान चर्चित गायक मदनकृष्ण श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै ०८२ सालका निम्ति गीत रचनातर्फ डा.नवराज लम्साल, संगीततर्फ (संगीत संयोजन समेत) किरण कँडेल र गायनतर्फ विमला राईलाई पुरस्कार प्रदान गरिने निर्णय गरिएको गुठीका सचिव एवं गीतकार दिनेश अधिकारीले जानकारी दिए ।
यस्तै, छिन्नलता युवा प्रतिभा पुरस्कार सारिका घिमिरेलाई प्रदान गरिने भएको छ । ‘गुन भुल्यौ पित्तलको…’ बोलको गीत रचना, संगीत तथा गायन समेतका निम्ति उक्त पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ ।
गुठीका अध्यक्ष प्रा.डा. वासुदेव त्रिपाठीको सभापतित्वमा जेठ १० गते सम्पन्न साधारणसभाबाट छिन्नलता गीत पुरस्कार तथा सम्मानको निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।