यी संगीतकर्मीहरुलाई छिन्नलता गीत पुरस्कार तथा सम्मान

म्यूजिक खबर
प्रकाशित: ५ जेष्ठ २०७९, बिहीबार

काठमाडौं । छिन्नलता गीत पुरस्कार गुठीले कोभिडका कारण रोकिएका तीन वर्षको पुरस्कार एकैपटक कार्यक्रम गरी प्रदान गर्ने भएको छ । गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले वि सं २०७६, २०७७ तथा २०७८ गरी तीन वर्षको एक्कै पटक छिन्नलता गीत पुरस्कार तथा सम्मानहरू घोषणा गरेको छ ।

गुठीका सचिव दिनेश अधिकारीद्वारा हस्ताक्षरित पत्रअनुसार २०७६ सालमा गीत रचनातर्फ जसयोञ्जन प्यासी, २०७७ सालमा आनन्द अधिकारी, २०७८ सालमा वसन्त चौधरीलाई उक्त पुरस्कार प्रदान गरिने भएको छ।

त्यसरी नै सङ्गीत, गायनतिर हरि लम्साल, सुनिता सुब्बा, अस्मिता अधिकारी, शान्तिराम राई, शम्भू राई, मिलन नेवार, आनन्द राई, पवित्र सुब्बा, एलिना चौहानलाई उक्त पुरस्कार प्रदान गरिने गुठीले बताएको छ ।

पत्रअनुसार २०७९ साल असार २६ गते विशेष समारोहका विच आयोजना गरिने कार्यक्रममा उपरोक्त सम्मान तथा पुरस्कार अर्पणका साथै वरिष्ठ सङ्गीतकार कर्म योञ्जनलाई विशेष सम्मान पनि गरिने गुठीद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ।

यसभन्दा अघि अभिनेता नीर शाह, गीतकार किरण खरेल, संगीतकार अम्बर गुरुङ, स्वरसम्राट नारायणगोपाल गुरूवाचार्य, संगीतकार नातिकाजी, गीतकार दिनेश अधिकारी, गीतकार क्षेत्रप्रताप अधिकारी, गायिका तारादेवी, गायिका कोइलीदेवी, गायिका ज्ञानु राणा, गायिका कुन्ती मोक्तान, गायक पशुपति शर्मा, गायक राजेश पायल राई, गायक रामकृष्ण ढकाल, गीतकार भीम विराग, गीतकार दैवज्ञराज न्यौपाने, गीतकार गणेशप्रसाद श्रेष्ठ, गायक भक्तराज आचार्य, गीतकार राममान तृषित, गीतकार भैरवनाथ रिमाल ‘कदम’, गायिका सीता केसी, गायक प्रकाश सपुत, गायिका शान्तिश्री परियार, गायक दुर्गा खरेल, गायक स्वरपराज आचार्य, सत्यराज आचार्य लगायतका दर्जनौं स्रष्टा सर्जकहरुले यो पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु