चिजा र सन्तोषले गाए गोर्खाली ठाडो भाका

म्यूजिक खबर
प्रकाशित: ९ चैत्र २०७७, सोमबार
chija tamang

काठमाडौं । विशेषगरी गोरखा, लमजुङ आसपासमा गाउने गरिएको मौलिक गीत ठाडो भाका पछिल्लो समयमा हराउँदै गएको भए पनि केही कलाकारहरु भने यसको संरक्षणमा जुटिरहेका छन् । सोही क्रममा गायिका चिजा तामाङ र गायक सन्तोष तामाङले गोरखा जिल्लाको सिरानचोकको सेरोफेरोलाई लिएर मौलिक ठाडो भाका बजारमा ल्याएका छन् । मौलिक गीतका रुपमा परिचित रहेको ठाडो भाका लोप हुने क्रममा रहेको बेलामा उनीहरुले आफ्नो पहिचान झल्काउँदै ठाडो भाकालाई प्राथमिकतामा राखेर ‘गोर्खाली ठाडो भाका भाग–३’ बजारमा ल्याएका हुन् ।


सन्तोष तामाङ र चिजा तामाङको स्वमार रहेको गोर्खाली ठाडो भाकाको शब्द तथा भाका संयोजन सन्तोष तामाङले गरेका छन् । यस गीतको सहगायनमा भने प्रकाश गुरुङ, सविन गुरुङ, रुपी सिंजाली मगर, पेमा मगरले साथ दिएका छन् ।
गोर्खाली ठाडो भाकाको म्यूजिक भिडियोलाई दीप गुरुङले निर्देशन गरेका छन् । विजय लामाको छायाँकन मेक बहादुर थापाको सम्पादन रहेको यस भिडियोमा पश्चिमाञ्चल सांस्कृतिक केन्द्रका कलाकार समूहको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु