• “राष्ट्रिय विद्यालय लोक नृत्य प्रतियोगिता २०८१” का विजेतालाई प्रधानमन्त्री ओलीबाट पुरस्कार प्रदान

    म्यूजिक खबर
    प्रकाशित: ४ आश्विन २०८१, शुक्रबार

    काठमाडौँ । बाल दिवस २०८१ को अवसरमा नेपाल बाल संगठनले आयोजना गरेको “राष्ट्रिय विद्यालय लोक नृत्य प्रतियोगिता २०८१” मा आस्था विद्या मन्दिरका छात्राहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन् । प्रतियोगितामा देशभरका विभिन्न विद्यालयहरूले सहभागिता जनाएका थिए, तर आस्था विद्या मन्दिरका छात्राहरूले आफ्नो नृत्य प्रस्तुतिमा दर्शकहरूको मन जित्न सफल भएका हुन ।

    आस्था विद्या मन्दिरका कक्षा सात र आठका छात्राहरू मिनाक्षी, आयुष्मा, एलिना, अक्क्षा, यनी, रोइस्का, आयुषा, र रश्मीले “सर्वोत्कृष्ट नृत्य” प्रस्तुत गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे । उनीहरूको नृत्यले केवल निर्णायक मण्डललाई मात्र प्रभावित पारेन, उपस्थित दर्शकहरूको प्रशंसा पनि बटुल्न सफल भयो ।

    प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले यो प्रतियोगिताको अवलोकन गर्नुका साथै विजयी छात्राहरूलाई पुरस्कार वितरण गरेका हुन । प्रधानमन्त्री ओलीले कार्यक्रममा सम्बोधन गर्दै बालबालिकाको सृजनात्मकता, संस्कृति र प्रतिभाको प्रोत्साहन गर्न यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने कुरा उल्लेख गरे ।
    उनले छात्राहरूको कडा मेहनत र समर्पणको पनि प्रसंसा गर्दै भविष्यमा उनीहरूले अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका थिए ।

    प्रधानमन्त्री ओलीले बालबालिकाको प्रतिभा उजागर गर्न र संस्कृतिको जगेर्ना गर्न यस्ता प्रतियोगिताहरू अत्यावश्यक रहेको बताउँदै विद्यालयहरूले यस्ता अवसरलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्रीले विजयी टोली आस्था विद्या मन्दिरका छात्राहरूलाई हार्दिक बधाई दिँदै, बालबालिकाको सृजनात्मक विकासका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औल्याएका छ्न ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु