गायक चिरन्जिबीले ल्याए ‘तिम्रो मायाँले मार्यो मलाई’, तर हेर्न पाएनन् संगीतकारले ! (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १० श्रावण २०७५, बिहीबार

श्रावण १०, काठमाडौं । प्लेब्याक गायक/ संगीतकार चिरन्जिबी भण्डारीको बिल्कुलै नया पृथक टाईपको रकिङ्ग गीत सार्वजनिक भएको छ |
बिगत १४ बर्ष देखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत खटिरहेका गायक संगीतकार चिरन्जीवी प्लेब्याक गायकीमा स्थापिक गायक पनि हुन् |

२०७३ सालमा उनले गाएको रेलिमाई फिल्मको गीत (चट्टै मुटु काटेर) सर्वाधिक हिट गीत हो , त्यस पछाडी दीप ज्योति फिल्मको (झ्याना पुलटुंग) गीत बाट पनि चर्चा कमाएका गायक अन्प्लग गीत र रकिङ्ग फ्युजन गीत गाउने गायक हुन् | यहि खुबी देखेर संगीतकार किशोर खतिवडालेआफ्नो संगीतमा बरिष्ठ गीतकार बि:बि थापाको शब्द रहेको गीतलाइ रकिङ्ग फ्युजनमा रकिङ्ग गायक चिरन्जीवीलाई
गाउन लगाई गायक चिरन्जीवीले गाएका हुन् |

संगीतकार किशोर खतिवडाले गायक चिरंजिविलाई Extraa गायक भनि बोलाउँथे | त्यसै अनुरुप सो गीतको एल्बमको नाम पनि Extraa राखेको गायक चिरन्जीवी बताउंछन्, यो नाम वहाँ कै देन हो |

गायक चिरन्जिबी भन्छन, तर यो गीतको भिडियो वहाँ हेर्न पाउनु भएन भिडियो रिलिज आगावई वहांको निधन भयो,, त्यसमा दुखि छु | भिडियो बन्यो तर वहाँ हामि बीच रहनु भएन | यस गीतको शब्द बी:बी थाको रहेको छ भने ,संगीत स्वर्गीय किशोर खतिवडा,संगीत संयोजन आगा लामाको ,रहेको छ|

, गीतको भिडियोमा भुवन स्यान्बो तामांगको निर्देशन ,ज्ञानेन्द्र शर्माको छायांकन ,सुर्य योञ्जनको कोरोयोग्रफी ,ग्रुभी बोयजको डान्स ,माधव बेलबासे;को सम्पादन रहेको छ | उक्त गीतको भिडियोमा चर्चित मोडल/ डान्सर नयन डिसी ,र सुयासी कार्कीको अभिनय र नृत्य रहेको छ |

गीतको भिडियोमा राजकुमार महर्जनको लगानी रहेको छ | गीतको मिक्सिंग मास्टरिङ्ग कृष्ण महर्जनको रहेको छ | गीतको भिडियो Sadhana etv यु ट्युब च्यानल बाट अपलोड गरिएको छ | हेरौं भिडियो …

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु