साङ्गीतिक यात्रामा चिरञ्जीवी

म्यूजिक खबर
प्रकाशित: २४ पुष २०७०, बुधबार

काठमाडौं, २४ पुस । चिरञ्जीवी भण्डारी मोफसलमा रहेर राम्रो गीत सिर्जनामा लागिरहेका गायक हुन् । बुटवलमा रहेर विभिन्न सांगीतिक कार्यक्रमहरुमा आफ्नो कला प्रस्तुत गर्नुका साथै गायनका विभिन्न विधाहरुलाई आत्मसात गर्दै अघि बढिरहेका थिए । हाल काठमाडौंलाई कर्मथलो बनाउने क्रममा उनको सांगीतिक यात्रा अघि बढेको छ ।
केही समय पहिला बुटवलमै रहेर निर्माण गरिएको आफ्नो सांगीतिक कोसेलीका रुपमा ‘माया पिरती’ एल्बम काठमाडौंमा सार्वजनिक गरेका थिए । सानैदेखिको संगीतमा लगाव राख्दै आएको यी युवा गायक चिरञ्जीवीले करिब एक दर्जन गीतमा स्वर दिइसकेका छन् भने अब छिट्टै बजारमा आउन लागेको गीतिसंग्रह चाहेर मात्र… मा पनि आफ्नो स्वर दिएका छन् । आधुनिक, लोकपप, भजनहरुमा स्वर दिँदै आएका गायक चिरञ्जीवीले एउटा सफल गायकको सपना बोकेर काठमाडौंमा नै संगीतको यात्रमा लागिका छन् । गायक बन्नु ठूलो कुरा होइन तर सफल गायक बनेर सबैका सामु चिनिनु भने निकै ठूलो चुनौति हो, भण्डारीले भने – मेरो एउटै सपना हो सबैले गायक भनेर चिनिने अवसर प्रदान गर्न सक्नुछ ।

chiranjivi bhandari
त्यसो भण्डारीले बुटवलमा छँदा त्यहाँ वरपर हुने विभिन्न सांगीतिक कार्यक्रम एवं कन्सर्टहरुमा आफ्नो गायन क्षमता देखाइसकेका छन् । अध्ययनकै क्रममा रहेका युवा गायक भण्डारीले आफ्नो स्वरलाई सबैले प्रशंसा गरेकै कारण यो क्षेत्रमा आएको बताउँछन् । उनलाई बुटवलमा छँदा होस् वा काठमाडौंमा सांगीतिक दौरानमा होस् गीतकार शंकर कँडेल ‘देव’ले ठूलो सहयोग गरेका छन् । पछिल्लो समयमा पनि शंकर कँडेलकै शब्दमा आउन लागेको एल्बम चाहेर मात्र…मा भण्डारीका अलावा दुर्गा खरेल, स्वरुपराज आचार्यको पनि स्वर समावेश रहेको छ । त्यस्तै संगीतकार अर्जुन पोखरेल पनि उनको सफल यात्राका लागि एकदमै प्रोत्साहन दिने संगीतकार रुपमा लिने गर्छन् । हाल अनुराग संगीत विद्यालयमा संगीतकै अध्ययन गरिरहेका भण्डारी आगामी दिनमा राम्रा भन्दा राम्रा सिर्जना पस्किनका लागि निरन्तर लागिपर्ने प्रढका साथ अघि बढेको बताउँछन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु