• गीतकार मातृका भण्डारी ‘मुना’को ‘मायाले रुवायो’ गीतको भिडियो सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २७ माघ २०८१, आईतवार

    काठमाडौं । गीतकार साहित्यकार मातृका भण्डारी ‘मुना’को शब्दमा गायक संगीतकार चिरन्जीवी भण्डारीको संगीत रहेको गीत ‘मायाले रुवायो’ सार्वजनिक गरिएको छ । गीतमा गायिका रचना रिमालको स्वर रहेको छ भने आशिष लामाको संगीत संयोजन रहेको छ । वियोगान्त भावमा लेखिएको गीतमा गायिका रचना रिमाल र रचनाकार मातृका भण्डारी ‘मुना’ भिडियोमा आफैं देखिएका छन् । गीतको भिडियोलाई मरुभूमि नारायणले छायांकन गरेका हुन् भने, बिष्णु खड्काले सम्पादन गरेका छन् । भिडियोको निर्देशन भने निरेन श्रेष्ठले गरेका हुन् ।

    गीतको भिडियोलाई गीतकार, साहित्यकार मातृका भण्डारी मुनाको अफिसियल यूट्यूब च्यानलमा हेर्न सकिन्छ । गीतको अडियो भिडियोलाई दर्शित म्यूजिक एन्ड मिडियाले प्रा.लि.ले बजारमा ल्याएको हो ।

    गीतमा एकतर्फी रुपमा अत्यन्त बिश्वास गर्नु र बिश्वाशमा धोका हुँदा मर्माहत पीडा, तडप्पन भएको भावलाई ब्यक्त गरेको उक्त गीत रचनाकार साहित्यकार मातृका भण्डारी मुनाले बताइन् । मातृका भण्डारी मुना एक अब्बल साहित्यकार गीतकार हुन् । उनि साहित्य, गीत, कवितामा लामो समय देखि कलम चलाउँदै आईरहेकी छन् । उनको रचनामा एक दर्जन भन्दा बढी गीत सार्वजनिक भएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु