प्रतिमा गुरुङ, गायिका मेलिना र चिरन्जीवीको ‘बिस्तारै बिस्तारै’ आउने

म्यूजिक खबर
प्रकाशित: २९ मंसिर २०७६, आईतवार

‘आमा ओ मेरी आमा’ गीतबाट चर्चामा आएकी गीतकार प्रतिमा गुरुङको शब्दमा गायक तथा संगीतकार चिरन्जीवी भण्डारीको संगीतमा ‘बिस्तारै बिस्तारै’ बोलको गीत बजारमा आउने तयारीमा छ । गीतमा चर्चित गायिका मेलिना राईले आवाज दिएकी छिन् ।
गीतकार प्रतिमा गुरुङ परदेशमा रहेर पनि नेपाली गीत संगीतलाई अत्यधिक माया गर्ने गीतकार तथा समाजसेवी हुन् ।

गीतकार प्रतिमा गुरुङ भन्छिन् –मैले केहि समय पहिला संसारका प्रत्येक आमालाई समर्पण गर्दै ‘आमा ओ मेरी आमा’ बोलको गीतको भिडियो बजारमा ल्याएँ भने, अब हरेक सच्चा प्रेमी र प्रेमिकाहरुलाई डेडीकेट गर्दै यो प्रेम गीत ‘बिस्तारै बिस्तारै तिमि मेरी हुनु’ सांगीतिक बजारमा ल्याउन लागेकी हुँ ।

‘यो गीतको भिडियो पनि छिट्टैनै बजारमा ल्याउने म तयारीमा छु । म सबै प्रकारका गीतहरु लेख्ने गर्छु त्यसैले यो प्रेम गीत बजारमा ल्याउन लागेकी हुँ । मेरा अरु गजल, लोक, आधुनिक गीतहरुपनि क्रमश बजारमा आउनेछन् । अब बजारमा ल्याउन लागेको बिस्तारै बिस्तारै तिमी मेरी हुनु गीतलाई पहिलाको गीतलाई अझ बढी मायाँ गर्नुहुन्छ भन्ने पूर्ण आशाका साथै मलाई मायाँ गर्नुहुने मेरा दर्शक स्रोताहरुका लागी यो गीत सरप्राइज हुने छ ।’ गीतकार राईले हामीलाई भनिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु