चिरायु नेशनल हस्पिटलको फार्मेसी उद्घाटनमा कलाकार र पत्रकारहरु सम्मानित

म्यूजिक खबर
प्रकाशित: २२ आश्विन २०७८, शुक्रबार १५:५२

काठमाडौं । चिरायु नेशनल हस्पिटलको आयोजनामा चिरायु फार्मेसीको समुद्घाटन तथा हिन्दुहरुको महान चाड बिजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

बिजया दशमीको अवसर पारेर चिरायु फार्मेसीको समुद्घाटन गरिएको कुरा चिरायु हस्पिटल परिवारले बताएको छ । कार्यक्रममा मेडिकल डिरेक्टर उत्तम कुमार शर्माको सभापतित्व रहेको थियो भने टोखा नगरपालिका वडा नं.३ का अध्यक्ष दिपक केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वरिष्ठ लोक गायिका बिमा कुमारी दुरा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजि, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष चन्द्र शर्मा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष बद्री पंगेनी, पशुपति शर्मा, सुवास केसी, प्रकाश भट्ट, दिपक खड्का, पुर्णकला बिसि, सुजन लम्साल, नीर आले, पुजा पुरी लगायत अन्य कलाकार र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा हिमाल रानाले संयोजन गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” रहेका थिए । कार्यक्रममा नवराज भुजेलले कार्यक्रम सञ्चालन गरेका थिए भने चण्डेश्वर नन्द राज बैधले स्वागत मन्तब्य राखेका थिए ।

उक्त कार्यक्रममा कलाकार र पत्रकारहरुलाई सम्मान गरिएको थियो । चिरायु फार्मेसी समुद्घाटन तथा बिजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रममा बिमा कुमारी दुरा र रमेश बिजिले दिप प्रज्वलन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
ताजा अपडेट

Warning: Use of undefined constant post_date - assumed 'post_date' (this will throw an Error in a future version of PHP) in /home/musickha/public_html/wp-content/themes/musickhabar2018/sidebar.php on line 25

Warning: Use of undefined constant desc - assumed 'desc' (this will throw an Error in a future version of PHP) in /home/musickha/public_html/wp-content/themes/musickhabar2018/sidebar.php on line 26