• नौ कलाकारको “चुरा हातैमा”

    म्यूजिक खबर
    प्रकाशित: २५ पुष २०७९, सोमबार

    काठमाण्डौ । कुलबीर तामाङ्ग र शान्ति श्री परियारको स्वर रहेको “चुरा हातैमा” बोलको गीत सार्बजनिक भएको छ ।

    युवावर्गको प्रेमभाव समाबेश गरिएको गीतमा मिरा राई मगरको शब्द रचना रहेको गीतलाई संगीत भने पदम राजन मगरले भरेका छन् ।

    रोहन रुम्बा नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको गीतको म्युजिक भिडियोमा गीतलाई सुहाउँदिलो अभिनय राग पौडेल “योगेन्द्र” संजीवनी गोपाली, मानब बि.सी, सलिन तामाङ्ग, निरुता बुढा, आदित्य शाही, ठकुरी, मनिला कटुवाल, स्लोन कार्की र आशिकाको रहेको छ ।

    “चुरा हातैमा” बोलको गीतको म्युजिक भिडियोलाई कोरियोग्राफी संजीवनी गोपालिको रहेको छ भने छायांकन कुशल मोक्तान र सम्पादन पनि कुशल मोक्तानले नै गरेका छन् । यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुले अशंख्य श्रोता तथा दर्शकहरुको माया पाएको खण्डमा आगामी दिनमा थप उत्कृष्ट गीत पस्किन हौसला मिल्ने बताएका छन् । हामी सम्पूर्णलाई बधाई तथा शुभकामना ब्यक्त गर्दछौं ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु