‘कमेडी च्याम्पियन सिजन–२’ को ग्रान्ड फिनाले आज, को बन्ला विजेता ?

म्यूजिक खबर
प्रकाशित: २ आश्विन २०७८, शनिबार
comedy champion 2 को बन्ला ‘कमेडी च्याम्पियन सिजन–२’

काठमाडौं । नेपालकै पहिलो रियालिटी सो ‘कमेडी च्याम्पियन सिजन–२’ को ग्रान्ड फिनाले आज हुने भएको छ ।
स्ट्यान्ड–अप कमेडी रियालिटी सो कमेडी च्याम्पियन सिजन – २ को ग्रान्ड फिनाले आज बेलुका हुन लागेको निर्देशक विशाल भण्डारीले बताएका छन् ।

ग्रान्ड फिनालेमा ताप्लेजुङका भरतमणी पौडेल, सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापा पुगेका छन् ।
यी तीन जनामध्ये भोटिङका आधारमा एकजना कमेडी च्‍याम्पियन छानिनेछन् ।
विजेताले कार र २५ लाख नगद पुरस्कार पाउनेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः बाइक र स्कुटर पुरस्कार पाउने आयोजकले जनाएको छ ।

साढे ११ बजेसम्म दर्शकले कमेडी च्याम्पियन सिजन दुईको विजेता पाउनेछन् ।
विजेता घोषणाको लाइभ प्रसारण बेलुकी साढे १० बजेदेखि सुरु हुनेछ ।
ग्रान्ड फिनाले चाहिँ कान्तिपुर टेलिभिजन र ओएसआर डिजिटलमा हेर्न पाइने नर्देशक भण्डारीले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु