• रामप्रसाद र मञ्जुको “कार किन्देउ किन्ने भा”मा सामाजिक यथार्थता !

    म्यूजिक खबर
    प्रकाशित: ४ भाद्र २०७५, सोमबार
    भाद्र ४, काठमाडौं । गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रश्तुतिमा यस वर्षको पृथक शैलीमा तयार भएको तिजगीत “कार किन्देउ किन्ने भा” सार्वजनिक भएको छ ।
    गायन र पत्रकारितालाई सँगसँगै अगाडी वढाउदै आएका गायक तथा पत्रकार रामप्रसाद पाठकको लय तथा शव्द संकलनमा तयार भएको यो तीजगीतमा रामप्रसाद पाठक ,राधिका हमाल र मञ्जु घिमिरेको स्वर रहेको छ भने यस गीतको संगीत संयोजन लक्षुप्रकाश मल्लले गरेका छन ।
    यस्तै मनोज डंगोलले रेर्कड गरेका हुन् भने जिवन वडुले मिक्सिकङ गरेका हुन् । यो म्युजिक भिडियोलार्इृ रामकृष्ण कंडेलले खिचेका हुन् ।
    गीतको छायाङ्कनको निर्देशन गायक स्वयं पाठकले गरेका हुन भने यस गीतमा गायक रामप्रसाद पाठक, शुसिला निरौला विम्ली, गायिका मञ्जु घिमिरे,नमराज घिमिरे,शम्भु घिमिरे लगायतका कलाकारको अति नै सशक्त अभिनय देख्न सकिन्छ ।
    वजारमा एउटै किसिमका र विकृती र विसँगती भित्र्याउने किसिमका तीजगीतहरुको भिडमा एउटा सामाजिक यथार्थता र अलिकति भए पनि रोमाण्टिक किसिमको स्वाद वोकेको यो तीजगीत अवश्य पनि सवैले एकचोटी हेर्नै पर्ने बनेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु