• सुरेश अधिकारी एमालेमा, देश र जनताका लागि लड्ने

    म्यूजिक खबर
    प्रकाशित: २२ कार्तिक २०७२, आईतवार

    चर्चित संगीतकार सुरेश अधिकारी एमाले पार्टीमा प्रवेश गरेका छन् । यसअघि कुनै पनि राजनीति पार्टीको झण्डामुनी नरहेका अधिकारीले आफ्नै जन्मथलो काभ्रेको कुसादेवी गाउँकमिटीको अधिवेशन समारोहमा पार्टी प्रवेश गरेका हुन् । एमाले नेता अशोक व्यान्जु, भीम न्यौपाने र रामप्रसाद अधिकारीले खादा ओढाएर संगीतकार अधिकारीलाई पार्टीमा स्वागत गरेका थिए ।
    एमाले प्रवेश गरिसकेपछि अधिवेशन समारोहमा बोल्दै संगीतकार अधिकारीले राष्ट्रियता, अखण्डता र जनताको अधिकारका लागि लड्ने पार्टी एमाले भएकाले आफू एमालेमा प्रवेश गरेको प्रतिक्रिया दिएका थिए । उनले पार्टीको निर्देशन अनुसार जुनसुकै बेला पनि देश र जनताका लागि लड्न आफू तयार रहेको बताए ।

    Suresh-Adhikari-650x390
    गायक तथा संगीतकार अधिकारी चर्चित संगीतकार मात्र नभएर संगीत रोयल्टी संकलन समाजका अध्यक्ष समेत हुन् । गीतकार र संगीतकारको हकअधिकारका लागि रोयल्टी संकलन समाजमा रहेर कार्य गर्दै आइरहेका अधिकारी एमालेमा प्रवेशसँगै चर्चाको केन्द्रविन्दूमा पनि रहेका छन् ।

    Suresh-Adhikari-2-650x390

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु