• राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष गायक कटुवाललाई मातृशोक

    म्यूजिक खबर
    प्रकाशित: ३ फाल्गुन २०८१, शनिबार

    काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय अध्यक्ष एवं टप राजधानी दोहोरी साँझका सञ्चालक प्रकाश कटुवाललाई मातृशोक परेको छ । गायक कटुवालको ममतामयी आमा सन्तमाया कटुवालको ६३ वर्षको उमेरमा असामयिक निधन भएको हो । फोक्सोको क्यान्सरका कारण बिरामी हुनुभएकी आमाको उपचारकै क्रममा हिजो (शुक्रबार) बेलुका निधन भएको हो ।

    उहाँको अन्तिम संस्कार आज (शनिबार) दिउँसो पशुपति आर्यघाटमा गरिएको छ ।

    म्यूजिक खबर परिवार मृत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछ साथै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना अर्पण गर्दछ ।

    प्रकाश लोकप्रिय लोकदोहोरी गायक हुन् । रामेछाप जिल्लामा जन्मिएका प्रकाशका चोर बिरालो पल्क्यो, घ्यूयै लाएन लगायतका सयौं गीतमा कला गला भर्दै आएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु