• तीनवटै प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूलाई कलम र डायरी दिएर बधाई

    म्यूजिक खबर
    प्रकाशित: १८ फाल्गुन २०७९, बिहीबार

    काठमाडौं । नेपालप्रज्ञा प्रतिष्ठान, नेपालललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीततथा नाट्य प्रज्ञा प्रतिष्ठानका नवनियुक्त पदाधिकारी एवं सदस्यलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ ।
    संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यमा सांस्कृतिक संस्थानमा आयोजित कार्यक्रममा बधाई तथा शुभकामना दिइएको हो ।

    कार्यक्रममा बोल्दै मन्त्री किरातीले मौलिक पहिचान र पर्यटन विकासका लागि संस्कृति महत्वपूर्ण भएको बताए ।
    ‘राजनीतिक प्रणाली परिवर्तन गर्न जति सजिलो छ,समाज परिवर्तन गर्न त्यो भन्दा गाह्रो हुन्छ’, मन्त्री किराँतीले भने, ‘प्रज्ञा प्रतिष्ठानहरूले नयाँ सोच एवं संकल्पका साथ गणतान्त्रिक समाज र संस्कृतिको मूल्यमान्यता स्थापितगर्न सक्नुपर्छ ।’

    कार्यक्रममा तीनवटै प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूलाई खादा तथा मालाको सट्टा कलम र डायरी प्रदानगरिएको थियो ।
    भाषा, साहित्य, कलाएवं सांस्कृतिक क्षेत्रको विकासका लागि सुन्दर इतिहास लेख्न सांकेतिक रूपमा कलम तथा डायरी प्रदान गरिएको हो ।

    कार्यक्रममा प्रतिबद्धता मन्तव्य राख्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिभूपाल राईले प्रतिष्ठानलाई सबै जाति, भाषाएवं संस्कृतिको साझाथलो बनाइने बताए ।
    ‘नेपाल प्रज्ञा प्रतिष्ठान हिजो कुनै जाति, समुदाय, वर्ग वाखास अनुभवमा निहित व्यक्तिहरूको थियो’, कुलपति राईले भने, ‘प्रतिष्ठान अब सबैको साझाथलो हुनेछ । यसले नयाँ संस्कृति निर्माण गर्नेछ ।’

    त्यसैगरी नेपाल संगीततथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिनिशाशर्माले विगतको तीतोमीठो बिर्सेर सबै प्रतिष्ठानबीच सहकार्य आवश्यकभएको बताइन् ।
    नेपालललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्मललितकलाको उन्नयनमालागी पर्ने बताए ।

    कार्यक्रममा स्वागत मन्तव्य दिँदै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले कर्मकाण्डी योजना तथा कार्यक्रमले लोकसंस्कृतिको संरक्षण तथा प्रवद्र्धन हुननसक्ने बताए । ‘लक्ष्य र उद्देश्य निर्धारित योजना तथा कार्यक्रमका साथ प्रतिष्ठानहरू अगाडि बढ्नु पर्छ । यसकालागि संस्थान सहकार्य गर्न तयार छ’, महाप्रबन्धक राईले भने ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु