भृकुटीमण्डपको खुल्ला चौरमा ‘जनचेतामूलक साँस्कृतिक महोत्सव– २०८०’ सम्पन्न

म्यूजिक खबर
प्रकाशित: १७ भाद्र २०८०, आईतवार

काठमाडौं । स्वीकृति इभेण्ट म्यानेजमेन्टको आयोजनामा भृकुटीमण्डपको खुल्ला चौरमा ‘जनचेतामूलक साँस्कृतिक महोत्सव– २०८०’ सम्पन्न भएको छ।
शनिबार आयोजित महोत्सवको सह आयोजकहरुमा समाज कल्याण परिषद रास्ट्रीय स्वास्थ्य कोष, नेपाल होस्टेल एसोसिएसन केन्द्रिय समिति, नेपाल होस्टेल एसोसिएसन काठमाडौं, लायन्स क्लब अफ काठमाडौं भिक्ट्री, रास्ट्रीय लोक भजन संरक्षण प्रतिष्ठान नेपाल काभ्रेपलान्चोक जिल्ला समिति, रास्ट्रीय लोक संस्कृती संरक्षण प्रतिष्ठान नेपाल रहेका थिए

कार्यक्रममा करिब तीन सय पचास जना चर्चित एवं लोकप्रीय कलाकारहरुको उपस्थिति रहेको थियो भने दर्जनौँ कलाकारको प्रस्तुती रहेको थियो। भृकुटीमण्डपको खुल्ला चौरमा आयोजित कार्यक्रममा हजारौँ दर्सकहरुले भदौरे झरिको कुनै प्रवाह नगरी झुमिरहेका थिए।

स्वीकृति इभेण्ट म्यानेजमेन्ट प्रालिका अध्यक्ष एबम लोकप्रीय गायक नवीन पौडेलको अध्यक्षमा सन्चालित कार्यक्रममा मन्त्री परिषदका पुर्ब अध्यक्ष एबम पुर्ब प्रधानन्यायाधीश खिलराज रेग्मी प्रमुख अतिथी, समाज कल्याण परिषदका सदस्य सचिब मनोज भट्ट, संघिय सांसद श्याम घिमिरे, पुर्ब मन्त्री सोम प्रसाद पाण्डे, बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा। द्वारिका उप्रेती, रास्ट्रीय लोक भजन संरक्षण प्रतिष्ठान नेपालका निबर्तमान अध्यक्ष एबम बरिष्ठ गायक प्रजापती पराजुली, रास्ट्रीय लोक दोहोरी प्रतिष्ठान नेपालका पुर्ब अध्यक्ष एबम प्राज्ञ दुर्गा रायमाझी, लुम्बिनी तन्दुरी ब्यबशायी संघका अध्यक्ष राम प्रसाद पोखरेल, नेपाल होस्टेल एसोसिएसन केन्द्रिय अध्यक्ष अरुण पराजुली, नेपाल होस्टेल एसोसियसन काठमाडौंका अध्यक्ष भोजिन्द्र श्रेष्ठ, बरिस्ठ गायक नवीन ढुङ्गेल, बरिस्ठ गायक प्रेमराजा महत, पुर्ब सचिब हरि बस्याल, काठमाडौंका सहायक प्रजिअ खड्ग प्रसाद श्रेष्ठ, गरिमा बिकास बैका सिइओ गोबिन्द ढकाल बिशिस्ट अतिथी रहनु भएको थियो।

त्यसैगरि नेपाल टेलिकमका केशब भट्टराई, रास्ट्रीय बाणिज्य बैंकका मार्केटिङ प्रमुख अच्युत गौतम, ग्रीनसिटी हस्पिटलका सन्चालक लोक बहादुर टन्डन, कान्तिपुर डेन्टल कलेजका सन्चालक बुद्दिमान श्रेष्ठ, वे अफ लिभिङका कार्यक्रम कोअर्डिनेटर भिम कुँवर, भृकुटीमण्डप सन्चालन कार्यलय प्रमुख दुर्गा भट्टराई, रास्ट्रीय स्वास्थ्य कोषकी निर्देशक सुनिता भण्डारि, नमस्ते दोहोरिका संचालक राजकुमार त्रीपाठि लगायत अतिथिहरुको उपस्थिती रहेको थियो।

सो अबसरमा करिब दुई सय जना आँखाका बिरामिहरुलाइ तिलगंगा आँखा अस्पतालका डाक्टरहरु बाट निशुल्क रुपमा आँखा परिक्षण र ब्लड डोनेशन कार्यक्रम अन्तर्गत पचास पिन्ट रगत संकलन गरिएको थियो।

विभिन्न झाँकी सहित प्रस्तुत भएको कार्यक्रममा सन्जय डिम्पल, प्रकाश गौतम, गिता भट्टराई, लिला कँवर, हेम श्रेष्ठ, लक्ष्मी परियार, सन्तोश पन्त, राजेन्द्र दुधराज, राजेन्द्र गिरि गुन्द्रुके, निशा खड्का, अमृत थापा, ढुन्डिराज ढकाल, सुशिला डाँगी, मिना गिरि, ध्रुब ओलि लगायतले लागू औषध दुर्ब्यशन, सर्ने नसर्ने रोगहरु, सामाजिक संजालको दुरुपयोग, सुर्तिजन्य पदार्थको नियन्त्रण, सुरक्षीत बैदेशिक रोजगार, सडक सुरक्षा, लैँगिक हिंसा भ्रस्टाचार लगायतका बिशयबस्तुमा आधारित जनचेतनामूलक सडक नाटकको विशेष प्रस्तुती प्रस्तुत गरेका थिए।

संयोजक गायक पौडेलका अनुसार गोकर्णेस्वर नगरपालिका, तार्केश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, टोखा नगरपालिका, चन्द्रागिरी नगरपालिका, नागार्जुन नगरपालिका, किर्तिपुर नगरपालिका ले सहकार्य गरेका थिए।

त्यसैगरी गरिमा बिकास बैंक लिमिटेड, नेपाल टेलिकम, रास्ट्रीय बाणिज्य बैंक लिमिटेड , कामना सेवा बिकास बैंक लिमिटेड , भुगर्भ सिमेन्ट, सडक बिभाग सडक सुरक्षा, बैदेशिक रोजगार बोर्ड, स्वास्थ्य मन्त्रालय रास्ट्रीय कर कोष, ज्योती प्लाइ, लुम्बिनी तन्दुरी ब्यबशायी संघ, सुधार गृहहरुको छाता सँगठन एफडि डि आर, रिकभरि नेपाल, रोयल सुज, ग्रीनसिटी हस्पिटल, कान्तिपुर डेण्टल हस्पिटल, समाज डेण्टल हस्पिटल, भ्वाइस अफ चिल्ड्रेन, नमस्ते दोहोरी सांझ, नगरकोट दोहोरी सांझ, क्विन रोधिघर, दरबार रोधिघर, स्काइ पार्टी प्यालेस, बिनायक हस्पिटल, गोधुली बैंक्वेट्स, स्टार अटो केयर लैनचौर, स्टार पार्टी प्यालेस, एन सि एग्रोटेक प्रालि, हेम सरिता पाठक फाउन्डेसन, भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड उपत्यका बिकास प्राधिकरण, सदिक्षा ओभरसिज, दरबार दोहोरी, लगायतका संस्थाहरुको सहयोगमा बृहत जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको थियो।
मिडिया पार्टनरको रुपमा मध्यान्ह रास्ट्रीय दैनिक, जनसवाल रास्ट्रीय दैनिक लगायत रहेका थिए।

कार्यक्रममा सामाजिक सांस्कृतिक, कृषि,शैक्षिक एबम खेलकुदको क्षेत्रमा योगदान पुर्याउने विभिन्न ब्यक्तिहरु शान्ती भण्डारी, लक्ष्मी अधिकारी, धर्मराज पोखरेल, सोनु लामा, साबित्रा त्रिपाठी, गिता न्यौपाने, नन्दा बस्याल, रमेश तिवारी, भक्त बहादुर गोदार, कमला गैरेलाइ सम्मान पत्र द्वारा सम्मान गरिएको थियो।

दिउँसो बाह्र बजे देखि सन्चालित कार्यक्रममा स्वीकृति पौडेल, आशा बिसि, कल्पना नेपाल, कल्पना दाहाल, संगिता पौडेल, दुर्गा बिरही, प्रेमराजा महत, नवीन ढुङ्गेल, प्रजापती पराजुली, दुर्गा रायमाझी, सरु थापा, देबि हमाल, शान्ती भन्डारी, ज्योती मगर, नवीन पौडेल, रितिका कुँवर, जमुना राना, प्रतिमा अर्याल, रेखा जोशी, हुम गैरे, पुरुशोत्तम गैरे, कमला पोखरेल, कृष्ण तिमल्सिना, कालिका रोका, माधब भन्डारी, भुमिका शाहा लगायतले प्रस्तुती दिएका थिए भने अधिबक्ता एबम गायक सेमन्तमणी खरालले कार्यक्रमको सन्चालन गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु