भोलि भृकुटीमण्डपमा बृहत् जनचेतनामूलक साँस्कृतिक महोत्सव हुने

म्यूजिक खबर
प्रकाशित: १५ भाद्र २०८०, शुक्रबार

काठमाडौं । लोक तथा दोहोरी गायक नबिन पौडेलले बृहत् जनचेतनामूलक साँस्कृतिक महोत्सव २०८० आयोजना गर्ने भएका छन् । काठमाडौंको भृकुटीमण्डप खुल्ला चौरमा भाद्र १६ गते शनिबार सांस्कृतिक महोत्सवमा आयोजना हुन लागेको हो ।

महोत्सवमा करिब चार सय जना चर्चित एबम लोकप्रिय कलाकारहरु र करिब पाच हजार भन्दा बढी दर्शकको उपस्थिति रहने आयोजकको अपेक्षा रहेको छ । गायक पौडेलले सञ्चालन गर्ने स्वीकृति इभेन्ट म्यानेजमेन्ट आयोजक रहेको सो कार्यक्रमको सह–आयोजकहरूमा राष्ट्रिय स्वास्थ्य कोष, नेपाल होस्टेल एसोसिएसन अफ काठमाडौं, लायन्स क्लब अफ काठमाडौं भिक्ट्री, राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपाल काभ्रेपलान्चोक जिल्ला समिति, सखी प्रतिष्ठान, राष्ट्रिय लोक संस्कृती संरक्षण प्रतिष्ठान नेपाल रहेका छन् ।

सो अवसरमा तिलगंगा आँखा अस्पतालका डाक्टरहरूबाट निःशुल्क आँखा शिबिर, कान्तिपुर डेन्टल कलेज र समाज डेन्टल कलेजबाट निःशुल्क दन्त शिबिर एवंम रक्तदान कार्यक्रमसमेत सन्चालन हुनेछन् । विभिन्न झाँकी सहित प्रस्तुत हुने कार्यक्रममा जनचेतनामूलक सडक नाटक, विषयबस्तुहरुमा आधारित दोहोरी, झाँकी प्रस्तुती समेत रहनेछ ।

लागूपदार्थ दुर्ब्यशन, सर्ने नसर्ने रोगहरु, सामाजिक सञ्जालको दुरुपयोग, सुर्तीजन्य पदार्थको नियन्त्रण, भ्रष्टाचार, सडक सुरक्षा, लैङ्गिक हिंसा एबम सुरक्षित बैदेशिक रोजगार सम्बन्धी जनचेतनामूलक सांस्कृतिक प्रस्तुतीहरु कार्यक्रममा रहने आयोजक संस्थाका अध्यक्ष एवं महोत्सवका संयोजक गायक नवीन पौडेलले बताए । उनका अनुसार गोकर्णेश्वर नगरपालिका, तारकेश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, टोखा नगरपालिका, चन्द्रागिरी नगरपालिका, नागार्जुन नगरपालिका, किर्तिपुर नगरपालिकाले सहकार्य गरेका छन् ।

त्यसैगरी गरिमा बिकास बैंक, नेपाल टेलिकम, राष्ट्रिय बाणिज्य बैंक, कामना सेवा बिकास बैंक, भूगर्भ सिमेन्ट, ज्योती प्लाई, लुम्बिनी तन्दुरी ब्यबसायी संघ, सुधार गृहहरूको छाता संगठन एफ डिडि आर, रिकभरि नेपाल, रोयल सुज, ग्रीन सिटी हस्पिटल, कान्तिपुर डेन्टल हस्पिटल, समाज डेन्टल हस्पिटल, भ्वाइस अफ चिल्ड्रेन, नमस्ते दोहोरी सांझ, नगरकोट दोहोरी सांझ, क्विन रोधिघर, दरबार रोधिघर, स्काइ पार्टी प्यालेस, विनायक हस्पिटल, गोधुली बैंक्वेट, स्टार अटो केयर,स्टार पार्टी प्यालेस, एन सि एग्रो टेक प्राली लगायतका संस्थाहरुको सहयोगमा कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु