डब्बु, दिपक र प्रेमराजाको ‘भन्देउन धरतीमाई…’

म्यूजिक खबर
प्रकाशित: १२ आश्विन २०८०, शुक्रबार

काठमाडौं । सिमसिमे पानीमा, पानको पात, हिउँचुलीमा हिउँ जस्ता थुप्रै कालजायी गीतहरु बजारमा ल्याएका अग्रज गायक प्रेमराजा महलतले यतिबेला अर्को नयाँ लोक गीत ‘भन्देउन धरतीमाई…’ बजारमा ल्याएका छन् । उनले यो गीतको भिडियोलाई आफ्नै अफिसियली युट्युव च्यानल ‘प्रेम राजा महत’बाट सार्वजनिक गरेका छन् ।
यो गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन् । गीतमा दीपक शर्माको संगीत छ । सविन सुवेदीले यो गीतलाई संगीत संयोजन गरेका हुन् । वेभ स्टुडियो अनामनगरमा रेकर्ड गरिएको यो गीतमा नरेन्द्र योगीको मिक्सिङ मास्टरिङ रहेको छ । यो गीतलाई समिर कार्कीले रेकर्डिङ गरेका हुन् ।
भन्देउन धरतीमाई गीत…को भिडियो निर्माता कविता देवी महत हुन् । लोक लयमा आधारित यो गीतले जो कोहीलाई पनि आफ्नो मिठो बाल्यकालको सम्झनामा पुर्याउने संगीतकार दीपक शर्माले बताएका छन् ।
गायक प्रेम राजा महतले पनि यो गीतको शब्द र सँगीतले नै आफुलाई छोएकोरे गीत गाउँदा आफु गाउँमै पुगेको महसुुस भएको छ भने,‘म त लामो समयदेखि अमेरिका बसेको मान्छे । परदेशमा बस्ने जो कोहीलाई पनि यो गीत सुनेपछि गाउँ र बाल्यकालको झलझली याद आउँछ ।’
यस्तै गीतकार डब्बु क्षत्रीले आफु गाउँबाट टाढा शहर तथा प्रदेशमा रहँदा बाल्यकालमा गाउँ घर र आफन्तको सम्झनाले कसरी सताउँछ भन्ने कुरा यो गीतमा उल्लेख गरिएको बताएका छन्,‘गाउँमा बस्दा त्यो सुन्दर बाल्यकालको सम्झना र भोगाईलाई गीतमा प्रस्तुत गरिएको छ । यो गीत सबैको जीवनमा मेल खाने प्रकारको रहेको छ ।’ गीतकार क्षत्रीले भने ।
गीतको भिडियो स्टुडियोमा लाईभ छायाँकन गरेर तयार पारिएको छ । गीतको भिडियोमा गायक प्रेमराजा महत नै मुख्य भूमिकामा प्रस्तुत भएका छन् । यो भिडियोमा मिराज अर्याल र दिनेश बिस्टको सिनेमाटोग्राफी रहेको छ । जसमा मिराज अर्यालको सम्पादन तथा भिएफएक्स रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु