श्रीमतीसँगको अनुभव गजलमा

म्यूजिक खबर
प्रकाशित: २३ आश्विन २०७२, शनिबार

काठमाडौं । पत्रकार डब्बु क्षेत्रीले आफ्नी श्रीमतीसँग हनीमुन मनाउँदाको क्षणलाई गजलमा उतारेका छन् । हनीमुनकै बेला लेखिएका गजलहरुलाई झमझम झरी नामक गजलसंग्रहमा उतारेका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गरी डब्बुले ‘झम् झम् झरी बर्सिरहेको साउनको रात नछुटोस’ भने यसै गलजका स्रष्टाले आफै विमोचन गरेका हुन् । यस गजलको भिडियो एल्बम ‘झम्झम झरी’को गायक दीपक लिम्बु, संगीतकार जुगल डंगोल र मोडल अम्बर श्रेष्ठले बिहिबार काठमाडौंमा एक समारोहबीच आफैले बिमोचन गरे । डब्बु क्षत्रीद्धारा रचनाबद्ध यस गजल क्षत्रीकै यो वर्षको विभिन्न अवार्डमा उत्कृष्ट गजल संग्रह विधामा परेको ‘झरी’मा समेटिएको छ । जसमा दीपक लिम्बुको स्वर र जुलग डंगोलको संगीत छ । यसको भिडियोमा बेलायत निवासी समाजसेवी अम्बर श्रेष्ठ र मोडल क्वेस्ट इन्टरनेशलनकी मोडल कृति पुरीले अभिनय गरेका छन् ।

MG_9349

बेलायतमा चिकित्सा क्षेत्रबाट सामाजिक क्षेत्रमा पु(याएको योगदान गरेबापत त्यहाँको सरकारबाट सम्मानित अम्बर श्रेष्ठले पहिलोपटक म्युजिक भिडियोमा अभिनय गरेको हुन् । भिडियोमा काम गर्दा रमाईलो लागेको अनुभव सुनाए । उनी भूकम्प प्रभावित क्षेत्रमा विभिन्न सामाजिक सेवाका लागि नेपाल आएका हुन् । जुगल डंगोलले आफुले संगीत गरेअनुसार भिडियो बनेको बताए । गायक लिम्बुले यो गजल आफुलाई साह्रै मन परेको र भिडियोबाट आफु सन्तुष्ट रहेको धारणा राखे । गजलकार क्षेत्रीले नै भिडियोको निर्देशन गरेका हुन् । एक दशकअघि आफुले पत्नीसँग पोखरा घुम्दा त्यही यो गजल लेखेको क्षेत्रीले बताए । सोही कारण यसलाई पोखरामा छायाँकन गरिएको उनको कथन थियो । रामशरण उप्रेतीले खिचेको, मित्र गुरुङले सम्पादन गरेको र सानु खानको मुख्य सहायक निर्देशन रहेको छ । बिहीबारबाट यो भिडियो नेपाली सञ्चार माध्यम र सामाजिक सञ्जाल यु ट्युबबाट सार्वजनिक भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु