नवीन र टिका पुनको “कर्णालीको पानी सलल”मा शंकर विसी र शशिकलाको दमदार नृत्य !

म्यूजिक खबर
प्रकाशित: ५ भाद्र २०७५, मंगलवार
भाद्र ५, काठमाडौं । विदेशी भुमी भारतमा रहेर पनि नेपाली लोकदोहोरी क्षेत्रमा निकै रुची भएका सर्जक तथा नव गायक नवीन सङ्गीत  र गायिका टिका पुनको आवाजमा रहेको लोकदोहोरी गीत“कर्णालीको पानी सलल ”बोलको गीतको भिडियो बजारमा आएको छ ।
गायक तथा संगीतकार किरण बावु पुनको शब्द तथा उत्कृष्ट लय सिर्जनामा युवा पुस्तालाई केन्द्रित गरेर लोकदोहोरी भाकामा निकै डान्सिङ लोक दोहोरी बजारमा आएको छ । आफनी प्रेमिकाको मुहार देखेर निकै प्रभावित गायक भएका छन ।
किरण चैसिरको छायाँकन , अमर शाक्यको सम्पादन , एकेन्द्र सारा शंकरको निर्देशनमा गीत तयार गरिएको छ । गीतमा शंकर विसी र मोडल शशिकला राईको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु