दशैंको महत्व, रौनकता र रमाइलो समेटिएको गीतमा अनिलको शब्द, रामचन्द्रको स्वर र संगीत

म्यूजिक खबर
प्रकाशित: १३ आश्विन २०७८, बुधबार

काठमाडौं । दशैं विशेष गीत ‘दशैं मान्न आइयो घरैमा’ सार्वजनिक भएको छ ।
युवा गीतकार अनिल खनालको शब्द रहेको गीतमा रामचन्द्र चन्दको स्वर रहेको छ ।
गीतमा संगीत र संगीत संयोजन पनि गायक रामचन्द्रको नै रहेको छ ।
मालिका डिजिटल स्टुडियोमा रेकर्ड भएको गीतलाई हेमराज डाँगीले मास्टरिङ गरेका हुन् ।

गीतको भिडियोमा भने संगम भण्डारी, नुर भण्डारी, दिपक लामिछाने, हरिकृष्ण राजथला, सागर पन्थ र संगीता ढुंगेलको अभिनय रहेको छ ।
बिजय महर्जनको निर्देशन तथा छायांकन रहेको भिडियोलाई हिमाल साउदले सम्पादन गरेका हुन् ।

भिडियो गायक रामचन्द्र चन्दको आधिकारिकि युटुब च्यानलबाट रिलिज गरिएको हो ।
भिडियोमा नेपालीहरुको महान् पर्व दशैंको महत्व, विशेष गरि गाउँघरमा हुने रौनक र रमाइलो देखाउन खोजिएको छ ।
संसारको जुनसुकै कुनामा भएका नेपाली दशैं मनाउन गाउँघर नै फर्किन्छन् भन्ने कथालाई प्रस्तुत गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु