बडादशैंलाई सांगीतिक कोसेली ‘आयो दशैं !’

म्यूजिक खबर
प्रकाशित: २२ आश्विन २०७८, शुक्रबार
Dashain 2078

काठमाडौं । हिन्दु धर्मावलम्वीहरुको महानपर्व विजयादशमीलाई लक्षित गर्दै आयो दशैं बोलको गीत बजारमा आएको छ । गायक कौशलराज खड्का तथा गायिका अनामिका चौलागाईको स्वरमा रहेको यस गीतको भिडियो सार्वजनिक भएको हो । विजयादशमी तथा दिपावली पर्वले भित्र्याएको उत्साह, उमङ्ग तथा वेदनालाई गीतमा समावेश गरिएको छ । वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रियको शब्द रहेको यस गीतमा दिपक शर्माले संगीत भरेका छन् भने राजेन्द्र बजगाईको संगीत संयोजन रहेको छ ।

निकै आकर्षक रुपमा प्रस्तुत गरिएको यस गीतको भिडियोमा केशवराज भट्टको निर्देशन, मुकेश हुमागाईँको छायाँकन, विनोद वमको सम्पादन तथा रंग संयोजन रहेको छ भने अभिनेता श्रीदेव भट्टराई, दीपाशा वि.सी, सन्तोष के.सी तथा झरना परियारको अभिनय रहेको छ । छायाँछवि क्रियशनले निर्माण गरेको यस भिडियोलाई गीतकार शान्तिप्रियले निर्दिष्ट गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु