• भरतको शब्द, पूर्णको संगीत बलरामको स्वरमा दशैं गीत ‘फूलको थुङ्गा’

    म्यूजिक खबर
    प्रकाशित: २७ आश्विन २०८०, शनिबार

    काठमाडौं । बरिष्ठ गीतकार भरत बमजनले नेपालीहरूको महान पर्व बडा दशैंलाई लक्षित गरी दशैं गीत सार्वजनिक गरेका छन् । बमजनले ‘फूलको थुङ्गा’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
    संगीतकार पूर्ण परियारले संगीत भरेको गीतमा बलराम राजवंशीको एरेन्ज र सुमधुर स्वर रहेको छ ।

    गीतमा पछिल्लो समयको नेपाली परिवेश, वैदेशिक रोजगारीको बाध्यतालाई महानपर्व दशैँमा घर फर्किने र सँगै पर्व मनाउने गाउँले यर्थाथ परिवेशलाई देखाउन खोजिएको छ। बाध्यताले परदेशिनु परेको, दशैँमा गाउँ आउने र आफन्त साथी(भाइ र मायालुलाई भेट्ने आशा व्यक्त गरिएको छ ।

    गीतलाई गीतकार बमजनको आफ्नै युट्युब च्यानल भरत बमजम अफिसियल मार्फत गीतको लिरिकल भिडियो बजारमा आएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु