चलचित्र ‘आप्पा’ को ‘साउने झरी’ सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २ असार २०७६, सोमबार

असार, १३ गतेबाट नेपाल तथा भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘आप्पा’को ‘साउने झरी’ बोलको गीत आइतबार सार्वजनिक भएको छ । गीतमा विज्ञान बराइलीको स्वर, उमेश उपमाको शब्द रचना, अनमोल गुरुङ र सैकत देवले संगीत गरेका छन् । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरका हुन् । शैलेन्द्र डी, कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको सङ्गीत, निमेष श्रेष्ठको सम्पादन रहेको चलचित्रमा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलावा वरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्कीलगायतहरुको कलाकारको मुख्य अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु