‘दुःखी आत्मा’ मा दयाहाङ र आँचल जोडी

म्यूजिक खबर
प्रकाशित: १६ माघ २०८०, मंगलवार

काठमाडौं । लेखक, निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘दुःखी आत्मा’ मा अभिनेता दयाहाङ को जोडीको रुपमा आँचल शर्मालाई अनुबन्धित गरिएको छ । निर्माण ब्यानर क्लक वर्क क्रिएसनले फिल्मको प्रमुख अभिनेत्रीमा आँचल शर्मालाई अनुबन्ध गरेको छ ।
स्क्रिप्टको मागअनुसार आँचललाई लिइएको निर्देशक लामाले बताएका छन् । अभिनेता दयाहाङ राई यसअघिनै अनुबन्धित् भइसकेको फिल्मको निर्माता हिमाल कडरिया हुन् । निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । ‘दुखी आत्मा’ उनीहरुको दोश्रो सहकार्य हो । यसपछि यही टिमले तेश्रो सहकार्य स्वरुप ‘नाङ्गो गाउँ–२’ निर्माण गर्ने घोषणा गरिसकेको छ ।
आगामी चैत्रमा छायांकन गरिने ‘दुखी आत्मा’ को स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको छ । फिल्मका अन्य कलाकार,प्राबिधिक चयन कार्य केही समयमा गरिने जानकारी निर्माता हिमालले दिएका छन् । काठमाडौंको सेरोफेरोमा खिचिने सोसियल कमेडी जनराको फिल्मको बितरण आरआर फिल्मस्ले गर्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु