डिबी, टिका र अर्जुनको स्वरमा सन्देशमूलक गीत ‘आयौं हामी चारतारे बोकेर’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ८ भाद्र २०७८, मंगलवार

काठमाडौं । डिबी गुरुङको रचना, संगीत तथा स्वर रहेको ‘आयौं हामी चारतारे बोकेर, जय नेपालको सलाम ठोकेर’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । गीतमा डिबी गुरुङ, अर्जुन सुनाम र टिका पुनको स्वर रहेको छ । दिपेश लामाको एरेन्ज रहेको गीतलाई बिशाल निरौलाले मिक्सिङ गरेका हुन् । अलंकार डिजिटल स्टुडियोमा रेकर्ड भएको गीतका रेकर्डिष्ट भने रन्जन राई हुन् ।

कांग्रेसको सन्देशमूलक उक्त गीतको भिडियोलाई लिलाधर भट्टराईले निर्देशन गरेका हुन् भने उदिराम खड्काको कोरियोग्राफी रहेको छ । भिडियोमा उदिराम खड्का, सोम बहादुर तामाङ्ग, मनिषा राई, लीग्याश भट्टराई लगायत गीतका गायक गायिकाहरुलाई देख्न सकिन्छ । नवराज घिमिरेको छायांकन रहेको भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु