चम्किलो आवरणभित्रको अँध्यारो पाटो नै ‘नियत’ होः लेखक खड्का

म्यूजिक खबर
प्रकाशित: २८ पुष २०७६, सोमबार
DB Khadka

काठमाडौं । पत्रकार तथा लेखक डिबी खड्काद्वारा लिखित पुस्तक ‘नियत’ सोमबार सार्वजनिक गरिएको छ । नेपाली चलचित्रकी नायिका रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी बर्देवासँगै नेपाल लाइभ डटकमका नारायण अमृत र अमर खड्काले पुतस्त ‘नियत’को सार्वजनिक गरेका थिए ।
लामो समयदेखि पत्रकारितामा सक्रिय डिबी खड्का हाल नेपाल लाइभ डटकममा कार्यरत छन् । नियत पुस्तक सार्वजनिक गरेपछि उनले भने– ‘नेपाली मनोरञ्जन दुनियाँलाई नजिकबाट नियाल्दा रंगीनभन्दा धेरै फिक्का महसुस गरेको छु । पुरुषका लागि रंगीन र रोचक रहे पनि महिलाका लागि यो क्षेत्र कहाली लाग्दो रहेको छ ।’

Niyat
लेखक खड्काले ग्लामर दुनियाँ चम्किलो छ भन्ने धेरैको मानसिकताभित्र रहेको चम्किलो आवरणभित्रको अँध्यारो पाटोका कथा नियतभित्र रहेको बताए । यसमा उज्यालो क्षेत्रका अँध्यारो पाटो समेटिएको छ । नियतले अँध्यारो हुनुहुँदैन थियो भन्ने विषय उजागर गरेको उनको दाबी छ । लेख्न बाँकी धेरै कथा हामीमाझ छन्, यही कथालाई उजागर गर्नुको रहस्यभित्र नियत छ । मनोरञ्जन दुनियाँमा हुने हिंसा र घटनामाथि नियतले प्रश्न पनि गरेको लेखक खड्काले बताए । पत्रकारिताको सिद्धान्तमा बसेर ती घटनाबारे समाचार बनाउँदै आएका उनले पत्रकारितामार्फत समाजमा प्रस्तुत गर्न नमिलेको घटनाहरुलाई त्यसलाई पुस्तकमार्फत बाहिर ल्याएको बताए ।

Rekha Thapa-Laxmi Bardewa-Swastima Khadka
कार्यक्रममा स्वागत मन्तव्य दिँदै नेपाल लाइभका सम्पादक नारायण अमृतले यस्ता विषयमा कमै लेखिएको र खड्काले मीठो भाषामा चलचित्र क्षेत्रको प्रवृत्ति केलाउने प्रयास गरेको बताए । समाजमा यस्ता विषयमा कमै लेखिएको र लेखक डीबी खड्काले यसको गहिराईमा गएर खोतल्ने प्रयास गरेको बताए ।
कार्यक्रममा लामो समय रंग पत्रकारिता गरेका खड्काको पुस्तकबारे बोल्दै चलचित्रकी अभिनेत्री रेखा थापाले भनिन्– ‘किताब असाध्यै मनप¥यो, जति पटक किताब पढ्यो उति मजा लाग्यो । किताबभित्र महिलाको कथा लेखिए पनि हाम्रो समाजमा महिलाभन्दा धेरै पुरुषहरु पीडित छन्, उनीहरुले देखाउन नसकेका घटनाहरु पनि लेखियोस् ।’ अभिनेत्री थापाले किताब पढिसकेपछि फिल्म बनाऊँजस्तो लागेको बताइन् ।

त्यसैगरी अर्की अभिनेत्री स्वस्तिमाले पुस्तकले आफूलाई गहिरोसँग तानेको बताइन् । उनले कार्यक्रममा भनिन्– ‘कहिल्यै किताब नपढ्ने मान्छे म घर जाने बित्तिकै पढेँ । त्यसपछि लाग्यो धन्न मैले सिरियस मान्छेसँग काम गर्न पाएँ र त्यस्तो दुव्र्यवहार भोग्नुपरेन ।’

त्यसैगरी अर्की अभिनेत्री लक्ष्मीले पुस्तकमा चलचित्र क्षेत्रको वास्तविकता उल्लेख गरिएको मा आफू प्रभावित भएको आशय पोखिन् । उनले उद्योगमा के हुँदो रहेछ भन्ने कुरा नियतभित्रको नियतले प्रष्ट पारेको बताइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु