
लस एन्जलस । प्रसिद्ध र्यापर सीन ‘डीडी’ कम्ब्सलाई ४ वर्ष २ महिनाको जेल सजाय सुनाइएको छ । महिला उत्पीडन र यौनकर्ममा लाग्न बाध्य पारेको आरोपमा उनलाई जेल सजायँ सुनाइएको हो । अदालतले उनलाई ५०,००० डलर जरिवाना पनि तिराएको छ । अमेरिकी जिल्ला न्यायाधीश अरुण सुब्रमण्यमले अक्टोबर ३ मा यो सजाय सुनाएका थिए । शनलाई केही जघन्य अपराधमा दोषी ठहराइएको थियो ।
उनलाई यातना, यौन दुव्र्यवहार, सनकी पार्टी आयोजना गर्ने र तस्करीको आरोप लगाइएको थियो । उनलाई बेचबिखनको आरोपबाट मुक्त त गरियो, तर वेश्यावृत्ति र हिंसाको आरोपमा उनी दोषी ठहरिए । फैसला सुनाउँदै न्यायाधीशले कम्ब्सलाई भने, ‘तिमीले उनलाई शारीरिक, भावनात्मक र मानसिक रूपमा दुव्र्यवहार गर्यौै ।’
शन ‘डीडी’ कम्ब्स कारबाहीको क्रममा रुँदै दयाको याचना गरे । उनले आमा र बच्चासँग माफी पनि मागे । न्यायाधीश सुब्रमण्यमले समाजलाई महत्वपूर्ण सन्देश पठाउनको लागि सजाय सुनाइएको बताए । उनले महिला विरुद्ध हुने शोषण र हिंसाको लागि जवाफदेहिता हुनुपर्ने बताए ।
कम्ब्सलाई उनकी पूर्व प्रेमिका, गायिका क्यासी भेन्चुरा र जेन नामकी एक अज्ञात पीडितले लगाएको आरोपपछि ठगी र यौन बेचबिखनको दुई अभियोगका साथै वेश्यावृत्तिको लागि महिला ओसारपसारको दुई अभियोग लगाइएको थियो ।