• देवदास चौधरीको ‘तिमीलाई धेरै माया’ सार्वजनिक (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: २० चैत्र २०७५, बुधबार

    गायक देवदास चौधरीको स्वदेशमा पहिचान र परिचय नहोला तर उनले भारतमा रियालिटी शोहरुमा कभर गीतहरु गाएर राम्रै चर्चा बटुलेका छन् ।

    कैलाली घर भएका चौधरीले भारतमै रहेर शास्त्रीय सङ्गीतको ज्ञान हासिल गरेका हुन् भने उनको शब्द, सङ्गीत तथा स्वरमा हालै ‘तिमीलाई धेरै माया…’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा विकाश शर्मा, रजीना महर्जन र दीपक श्रेष्ठले अभिनय गरेका छन् । तेन्जी लामाको निर्देशन तथा सम्पादन रहेको भिडियोको छायाँकन रामेश्वर जिरेलले गरेका हुन् ।ईमेज च्यानल टेलिभिजन मार्फत सार्वजनिक गरिएको उनको यस गीतको भिडियो याङ्ला नेपाल नामक युट्युव च्यानलमा हेर्न सकिन्छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु