• संगीतकार सन्तोष श्रेष्ठलाई ‘दशक संगीत सम्मान’

    म्यूजिक खवर
    प्रकाशित: १३ माघ २०७७, मंगलवार

    काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठ ‘दशक संगीत सम्मान’ बाट सम्मानित भएका छन् । ‘सातौं नेसनल क्यापिटल म्युजिक अवार्ड’ मा उनलाई सो सम्मान प्रदान गरिएको हो ।

    सुचना प्रविधि तथा संचारमन्त्री पार्वत गुरुङ, विशिष्ट संगीतकार शम्भुजित बास्कोटा, अवार्डका अध्यक्ष माधव निर्दोष लगायतले श्रेष्ठलाई माला र प्रमाणपत्रद्धारा सम्मान गरिएको हो ।

    लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठलाई सम्मान गरिएको कार्यक्रममा बताइएको थियो ।

    क्यापिटल इभेन्टको आयोजनामा र शुभकामना मिडिया सोलुसनको व्यवस्थापनमा भएको कार्यक्रममा गीतसंगीत क्षेत्रका कलाकर्मीले अवार्ड र सम्मान पाएका थिए ।

    उक्त अवार्ड कार्यक्रममा गायक शिव परियार र गायिका अन्जु पन्त उत्कृष्ट गायिकाको अवार्ड चुमेका थिए ।

    त्यसैगरी यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्डबाट प्रतिष्ठित गीतकार उन्नती शीला बोहोरालाई अर्पण गरिएको थियो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु