छायाँकन अगावै अस्ट्रेलिया प्रदर्शनका लागि बेचियो ‘डिसेम्बर फल्स’

म्यूजिक खबर
प्रकाशित: ५ माघ २०७७, सोमबार

काठमाडौं । फिल्म ‘डिसेम्बर फल्स’को सोमवारदेखि छायाँकन शुरु भयो। छायाँकन अगावै फिल्मको अस्ट्रेलिया प्रदर्शन र युट्युव राइट बिक्री भएको छ। एजुकेसन एण्ड माइग्रेसन कर्नरले फिल्म किनेको हो।

फिल्मको टिजर, गीत, प्रोमो तथा फिल्म नेप आर्ट नामक युट्यव च्यानलमा उपलब्ध हुनेछन्। ती सामाग्रीको सर्वाधिकार अब फिल्म निर्माण युनिटको हुने छैन। फिल्मको प्रदर्शन मिति आउँदो साउन १ गते तय गरिएको छ।

फिल्म नेपाल र अस्ट्रेलियामा एकसाथ प्रदर्शन हुने बताइएको छ।

सस्पेन्स लभस्टोरी माथि बन्ने ‘डिसेम्बर फल्स’लाई भारतीय फिल्मकर्मी प्रवीण झाले निर्देशन गर्दैछन्।

रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा अन्य कलाकारहरू आर्यन सिग्देल, उपासना सिंह ठकुरी, सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारले अभिनय गर्नेछन्।

‘डिसेम्बर फल्स’लाई भारतीय फिल्म उद्योगमा सक्रिय छायाँकार रबि नायडुले खिच्नेछन्। फिल्मको कथा बिपीका खनालले लेखेकी हुन्। फिल्मको पटकथा र संवाद भने केदार भुसालले तयार पारेका हुन्।

फिल्मका गीतमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु