बाराका पीडितहरुलाई लक्षित गर्दै दीपा र भुषणको गीत ‘उडायो हुरीले’

म्यूजिक खबर
प्रकाशित: १ बैशाख २०७६, आईतवार

काठमाडौं । गायिका दिपा पन्त र गायक भुषण खतिवडाले बाराका हुरी पीडितहरुको मनोभावलाई समेटेर ‘उडायो हुरीले’ बोलको गीत बजारमा ल्याएका छन् । गरीबीको पीडामाथि उनीहरुले गीतका शब्दहरुलाई प्रस्तुत गरेका छन् । गरीबीको पीडालाई प्रयोग गरेका तीतो यथार्थलाई गीतका शब्दमा पोखिएका छन् । गीतका शब्द–शब्दमा हुरीपीडितहरुको भावलाई समेटिएको छ ।

 

भुषण खतिवडाको संगीत र पदम बहादुर निरौलाको शब्द रहेको मर्मस्पर्शी गीतमा संगीतकार खतिवडा र गायिका दीपा पन्तको स्वर छ ।

गीतको भिडियोमा बारा र पर्साका हुरीबाट भएको क्षति र त्यसको राहत तथा उद्धार गर्दाका केही फुटेजहरू समावेश गरिएको छ। गरीबीमाथि भएको राजनीति, फेसबुकमा फोटो हालेर सामाजिक सेवाको खोल ओढ्नेहरुका लागि यो गीत व्यंग्यसमेत बनेको छ भने पीडितहरुको पक्षमा गीतले बोलेको देखिन्छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु