दिपक कडेलको सिर्जनामा ७ बर्षिय उनैकी छोरिको यस्तो स्वर संगै अभिनय // भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: २४ जेष्ठ २०७६, शुक्रबार

काठमाडौं २४ जेठ / नेपाली गीत संगीतले समाजमा भएका धेरै बास्तविक घटना र भोगाइलाई गीतको रुपमा माला बनाएर दर्शक स्रोता सामु ल्याउने गरेको छ । यसै क्रममा एउटा बास्तविक घटनामा बनेको निकै उत्कृष्ट गीत परदेशी बाबा भर्खर मात्र सार्वजनिक भएको छ । गीत गाउने बालिका दीपिका कँडेल बल्ल सात बर्षकी भइन । उनका बाबु आमा कामको शिलशिलामा जापानमा रहेका छन । उनी अहिले मामा घर बसेर स्कुल जान्छिन । उनको यहि बास्तविकतामा आधारीत भएको गीत उनकै आवाजमा सार्वजनिक भएको छ । गीतमा बाबाको भुमिका उनका ठुला बाबा जीवन कँडेलले आवाज दिएका छन ।

दिपिका कँडेलको यो बस्तविकता भने उनका आफै पिता दिपक कँडेलले शब्दमा उतारेका हुन भने गीतमा लय अर्का लोकप्रिय सर्जक प्रेम सापकोटा सोनुले गरेका छन । गीत बास्तविक भएकै कारणले निकै राम्रो पनि बनेको छ । गीतमा छोरीको भुमिकामा गायिका दिपिका कँडेल आफैले अभिनय गरेकी छन भने बाबाको भुमिकामा सर्जक तथा मोडल कृष्ण आचार्य अभिनय गरेका छन ।

गीतलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन भने प्रकाश धमलाले सम्पादन गरेका छन साथै सुरेश श्रेष्ठले गीतको भिडियो खिचेका हुन । दिपिका म्युजिकको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको हो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु