• दिपकराजको संगीत तथा स्वरमा ‘दुई दिनको जिन्दगी’

    म्यूजिक खबर
    प्रकाशित: १३ माघ २०७९, शुक्रबार
    Deeoakraj Bishwakarma

    काठमाडौं । बहुप्रतिभाका धनी गायक तथा संगीतकार दिपकराज विश्वकर्माको संगीत तथा स्वरमा लोकआधुनिक गीत ‘दुई दिनको जिन्दगी’ गीतको भिडियो सार्वजनिक भएको छ ।
    गीतमा गायक दिपकराजले संगीत तथा संगीत संयोजन आफैं गरेका छन् । गीतमा सर्जक स्व.गीतकार देवीलाल अधिकारी र उनका सुपुत्र गीतकार अनिल अधिकारी (अनिश्चित) को शब्द सिर्जना रहेको छ । उक्त सार्वजनिक गीतलाई मिक्सिङ मास्टरिङ पनि गायक संगीतकार स्वयम् दिपकराज विश्वकर्माले नै गरेका हुन् ।

    गीतको भिडियोमा बिनोद भण्डारीको निर्देशन रहेको छ । भिडियोको छायाँकन राम के.सीको रहेको छ भने नृत्य निर्देशन प्रशान्त मगर रहेको छ । भिडियोको सम्पादन अमृत चापागाईंको रहेको छ । भिडियोमा प्रशान्त मगर र आयुष्मा कार्कीको मनमोहक अभिनय देख्न पाईन्छ ।

    उक्त गीतलाई मैले पुरा गरेर अडियो जसरी मेहनत गरेर राम्रो बनाएका छौं, त्यसरी नै भिडियो पनि उत्तिकै चाखलाग्दो र रमाईलो बनेको छ, गीतकार अनिल अधिकारीले भने । भिडियोलाई भने कटेरो क्रियशन यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु