• संगीतकार दिपकराज अब मोडल, ‘समिपै पाएँ’ भन्दै उषासँग रोमान्स

    म्यूजिक खबर
    प्रकाशित: २९ माघ २०७९, आईतवार

    काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रका लागि दिपकराज विश्वकर्मा नौलो नाम होइन । यो नाम प्रतिभाशाली संगीतकारको रुपमा स्थापित भइसकेको छ । उनले संगीत भरेका थुप्रै गीत सफल भइसकेका छन् ।

    गीतको संगीत बिधालाई मुलधार बनाएर अघि बढिरहेका उनै प्रतिभाशाली संगीतकार दिपकराजको यतिबेला भने कलाकारको रुपमा देखिएका छन् ।

    गायिका सुवानी मोक्तानको स्वरमा ‘समिपै पाएँ’ बोलको गीतमा उनले मोडल उषा उप्रेतीसँग अभिनय गरेका हुन् । लामो समय विछोड भएको जोडीको मिलन पछिको प्रेमालापलाई गीतको भिडियोमा देखाइएको छ ।

    व्ल्यु लोटस ईन्टरटेनमेन्ट युट्युव च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको भिडियो निशल पौडेलले खिचेका हुन् भने युवराज वाईवाले निर्देशन गरेका हुन् ।
    शिवानी मोक्तानको स्वर रहेको गीतमा शिला वहादुर मोक्तानको संगीत तथा एरेन्ज रहेको छ । निरकमल खड्काले लेखेको उक्त गीतको मिक्सिङ भने राजिब शाहले गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु